माओवादी र कांग्रेसबीच समायोजनको संख्या र पुनस्र्थापनामा कुरा मिलेन

२८ भदौ काठमाडौँ । नेपाली कांग्रेसलाई सहमतिमा ल्याएर माओवादी लडाकुको समायोजन हुने संख्या र पुनस्र्थापना प्याकेजमा सहमति जुटाउन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रयास विफल भएको छ । आज दिउँसो माओवादी र कांग्रेसका शीर्ष नेताहरु सहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा माओवादीको प्रस्ताव कांग्रेसले अस्वीकार गरेपछि प्रधानमन्त्रीको प्रयास विफल भएको हो । 

भट्टराईले आफू न्यूयोर्क जानु अगाडि नै समायोजनमा जाने लडाकुको संख्या र पुनस्र्थापना प्याकेजमा सहमति जुटाउन प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको थियो । कांग्रेसले पहिले समायोजनको मोडालिटी तय नभएसम्म त्यस विषयमा सहमति हुन नसक्ने अडान राखेको थियो । कांग्रेस नेता रामशरण महतले मोडालिटीमा सहमति नभई दुई विषयमा मात्रै सहमति हुननसक्ने बताउनुभयो । दुईदलबीच सहमति हुन नसकेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि कांग्रेस सभापति सुशील कोइरालासँग थप छलफल गर्नुहुनेछ । 

बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष भट्टराई र वरिष्ठ उपाध्यक्ष मोहन वैद्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र नेता महत सहभागि हुनुहुन्थ्यो ।


Related

स्थानिय 8456087605846213674

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item