दशैं अघि नै द्धन्दपीडितका राहत कार्यक्रम ल्याउने माओवादी अध्यक्षको भनाई
https://sindhulidarpan.blogspot.com/2011/09/news_9862.html
४ असोज,काठमाण्डौ
एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्धन्द्धकालमा मृत्यु हुनेका परिवारका लागि दशै अगाडि नै राहतका कार्यक्रम सार्वजनिक गरिने बताउनुभएको छ ।
शान्ति दिवसका अवसरमा राजधानीमा आज आयोजित कार्यक्रममा प्रमुख सत्तारुढ दल माओबादीका अध्यक्ष प्रचण्डले राज्यपक्ष र गैर राज्य पक्ष दुबै तर्फबाट पिडित भएकाहरुलाई सम्बोधन गर्ने गरी राहत कार्यक्रम ल्याइने बताउदै त्यसका लागि संयन्त्र गठन गरिने जानकारी दिनुभयो । उहाले शान्ति सम्झौता अनुसार छिट्टै सत्य निरुपण तथा मेलमिला आयोग गठन गरिने समेत जानकारी दिुनभयो । महिला माथि हने ंिहंसालाई नियन्त्रण गर्न स्थानीय स्तरमा समेत महिला सहभागितालाई जोड दिनुपर्ने बताउदै अध्यक्ष प्रचण्डले अब मन्त्री परिषद बिस्तार गर्दा ३३ प्रतिशत महिला सहभागिता पुर् याउने दाबी गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राज्यका सबै अंगमा ३३ प्रतिशत महिला सहभागिताको कुरा उठेपनि कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै आफ्नो पार्टी राज्यका हरेक अंगमा ५० प्रतिशत महिला सहभागि गराउने पक्षमा रहेको दाबी गर्नुभयो ।
मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै क्षेत्रमा ३३ प्रतिशत महिला सहभागि गराउने प्रतिबद्धता गरिएपनि कार्यन्वयन नहुनु दुखद कुरा भएको बताउनुभयो ।
मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै क्षेत्रमा ३३ प्रतिशत महिला सहभागि गराउने प्रतिबद्धता गरिएपनि कार्यन्वयन नहुनु दुखद कुरा भएको बताउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !