विवाद बढेपछि विद्यालयमा तालाबन्दी
https://sindhulidarpan.blogspot.com/2012/02/blog-post_02.html
धु्रवचन्द्र खडका
माघ १९/सिन्धुलीको सिर्थौलिमा रहेको उच्च माबि सिर्थौलिमा आज बिद्यार्थीहरुले तालाबन्दि गरेका छन् । भ्रष्टाचारी र असक्षम ब्यक्तिलाई प्रध्यानाध्यापक बनाएको भन्दै उनिहरुले बिद्यालयमा तालाबन्दि गरेका हुन् । बिद्यालय ब्यवस्थापन समितिले शिक्षा नियमावलिको मापदण्ड पुरा नगरेको भन्दै असन्तुष्ट पक्षले विद्यालयमा तालावन्दी गरेको स्थानियले वताएका छन् । विद्यालयसंग सम्वन्धित व्यक्तिहरुको आपसमा विवाद चर्किएपछि विद्यालयमा ताला लागेको वताइएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !