दाईजो नल्याएको भन्दै सिन्धुलीमा मरणासन्न हुने गरी कुटपिट
https://sindhulidarpan.blogspot.com/2012/02/news_5340.html
सिन्धुली,माघ २०
यहि माघ ९ गते उनलाई दाइजो नल्याएको भन्दै कुटपीट गरि खेतमा फालेको र उनले होसमा आएपछि गाउँका मान्छेसँग मोवाइल मागेर फोन गरेकी सोनीलाई उनका बाबुले माइतिमा ल्याएका छन् । माइतिमा ल्याई उनलाई महिला अधिकारकर्मीहरुको सहयोगमा उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ । सोनीका सासु ससुरा र श्रीमानले १ वर्षको छोरालाई समेत ल्याउन नदिई खोसेर राखेको सोनीले बताईन । उनको कुटपीटका कारण शरिरभर निलडाम छन भने शरिरको कम्मरभन्दा तल्लो भाग नचल्ने भएको छ । उनलाई यसभन्दा अघि पनि दाइजो नल्याएको भनेर उनका श्रीमानले कुटपीट गर्ने गरेको र सासु ससुराले मानसिक यातना समेत दिदै आएको सोनीले बताइन । उनले महिला अधिकारकर्मीहरुसँग छोरा ल्याइदिन समेत आग्रह गरेकी छिन् ।
सिन्धुलीको धुराबजारमा माइती भई महोत्तरीको गौशालामा विवाह भएकी एक महिलालाई दाइजो नल्याएको निहुँमा मरणासन्न हुने गरि कुटपीट गरिएको छ । कमलामाई नगरपालिकाको धुराबजारमा विगत लामो समयदेखि कपाल काट्ने व्यवसाय गर्दै आएका लक्ष्मी ठाकुर र राजेन्द्र ठाकुरकी १८ वर्षिया छोरी सोनी ठाकुरलाई उनका श्रीमान् रमेश ठाकुर, सासु सोमनी ठाकुर र ससुरा दुखी ठाकुरले कुटेर खेतमा फालेका हुन ।
यहि माघ ९ गते उनलाई दाइजो नल्याएको भन्दै कुटपीट गरि खेतमा फालेको र उनले होसमा आएपछि गाउँका मान्छेसँग मोवाइल मागेर फोन गरेकी सोनीलाई उनका बाबुले माइतिमा ल्याएका छन् । माइतिमा ल्याई उनलाई महिला अधिकारकर्मीहरुको सहयोगमा उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ । सोनीका सासु ससुरा र श्रीमानले १ वर्षको छोरालाई समेत ल्याउन नदिई खोसेर राखेको सोनीले बताईन । उनको कुटपीटका कारण शरिरभर निलडाम छन भने शरिरको कम्मरभन्दा तल्लो भाग नचल्ने भएको छ । उनलाई यसभन्दा अघि पनि दाइजो नल्याएको भनेर उनका श्रीमानले कुटपीट गर्ने गरेको र सासु ससुराले मानसिक यातना समेत दिदै आएको सोनीले बताइन । उनले महिला अधिकारकर्मीहरुसँग छोरा ल्याइदिन समेत आग्रह गरेकी छिन् । सोनीका बाबु राजेन्द्रका अनुसार उनलाई अहिलेसम्म नगद २ लाख ४० हजार र अन्य जिन्सी गरि ४ लाख बराबरको दाइजो दिइएको छ । तर सोनीलाई आफ्ना बाबुले कति दाइजो दिएका छन भन्ने समेत जानकारी छैन । दाइजोका कारण मरणासन्न हुने गरि छोरीलाई कुटपीट गरि फालेपछि आफुहरुले कानुनी उपचारको बाटो गर्ने बताएका छन् । उनका बुवा राजेन्द्रले विहिबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी विमलकुमार पोखरेल र जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मुद्दा दर्ता गर्न नमानेपछि उनले महिला जिल्लाका महिला अधिकारकर्मीहरुको सहयोगमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा निवेदन दिएका हुन । जिल्ला प्रशासन कार्यालय सिन्धुली अन्तर्गतको महिला डेक्सले छलफल गराउनका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई पत्र समेत लेखेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !