सर्लाहीका ९० वर्षका वृद्ध अझै पनि आफ्नै कमाईमा

 रुपबहादुर विश्वकर्मा, 
हरिवन,वैशाख १२ । 
सर्लाहीको कालिञ्जोर गाविस वडा नं। ८ चाकलटोलका मङ्गल ग्लान उमेरले ९० वर्ष पुगि सक्नुभएको छ । तर अझै पनि उहाँ आफ्नो काममा सक्रिय नै हुनुहुन्छ । ग्लानले आफ्नो पुरानो पेशा डोको बुन्ने काम गरेर आफ्नो ज्यान मात्र होइन श्रीमतीको समेत पालनपोषण गरिरहनु भएको छ ।

२५ वर्षको उमेरदेखि बाँसको चोयाबाट डोकोलगायतका सामानहरु बनाउने पेशा गर्दै आउनुभएका ग्लानले अहिले पनि दिनमा तीन वटा डोको बुन्ने गरेको बताउनुहुन्छ । ३५ रुपैयाँ गोटामा बाँस किनेर त्यसबाट बन्ने तीन वटा डोको प्रतिगोटा ६० रुपैयाँमा बेच्ने गरेको र सय रुपैयाँ फाईदा लिने गरेको उहाँले जानकारी दिनुभयो ।

चार भाइ छोरा भएपनि तीन छोरा कामको सिलसिलामा बाहिर रहेका छन् भने गाउँमा बस्ने साईंला छोरा पनि छुट्टै बस्ने भएकाले आफ्नै कमाइबाट जीवन चलाइरहेको उहाँले बताउनु भयो । कहिलकाहीं साह्रो–गाह्रो पर्दा भने साईंला छोराले हेरचाह गर्ने गरेको पनि उहाँले बताउनुभयो । एक धुर जमिन पनि नभएकाले ग्लानले ६५ वर्षदेखि डोको बुन्ने पेशाबाटै गुजारा चलाउँदै आउनुभएको स्थानीय मनिष दाहालले जानकारी दिनुभयो ।

Related

विविध 525895391657806036

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item