बनेपाको एक पसलमा भिषण आगलागी

 काभ्रे,वैशाख १२ । 
काभ्रेको बनेपामा रहेको एक मिठाई पसलमा आज दिउँसो भीषण आगलागी भएको छ । बनेपा चारदोबाटोमा रहेको मिठाई पसलमा आगलागी भएको हो । चरिकोटेको मिठाई पसल भनिने पसलमा दिउँसो १ बजेतिर आगलागी सुरु भएको थियो ।

स्थानीयबासी र प्रहरीको सहयोगमा झण्डै १ घण्टापछि आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने अहिलेसम्म खुल्न सकेको छैन । आगो लगभग नियन्त्रणमा आइपुगेपछि भक्तपुरबाट दमकल आएको थियो । मिठाई पसलमा कार्यरत कामदारका अनुसार ग्यास सिलिण्डर पड्किएका कारण आगलागी सुरु भएको थियो । उक्त मिठाई पसलसँगै रहेको एउटा मम पसल पनि आलागीबाट ध्वस्त भएको छ ।

Related

विविध 4083749005404006606

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item