नोयडा फिल्म सिटीले नेपाली फिल्म बनाउने
https://sindhulidarpan.blogspot.com/2012/04/s_7243.html
काठमाडौं,बैशाख १२ ।
भारतीय फिल्म कम्पनी नोयडा फिल्म सिटीले नेपाली फिल्म संघ संस्थाहरु अगाडि आएमा नेपाली फिल्म बनाउने इच्छा व्यक्त गरेको छ । भारतीय फिल्म बजारको १०० वर्ष इतिहासको अनुभवलाई नेपाली फिल्म क्षेत्रमा साट्दै नेपाली फिल्म बनाउन इच्छा व्यक्त गरेको हो । नोयडा कम्पनीले निकट भविश्यमै दिल्लीमा नेपाली फिल्म फेष्टिभल गर्ने जानकारी दिँदै त्यस लगतै नेपालमा पनि नेपाल भारतको संयुक्त फिल्म फेष्टिभल गर्न कानुनी प्रकृयामा रहेको जानकारी गरायो ।
सोमवार रिपोटर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै बालबालिकाहरुको विषय समेटिएको स्क्रिप्ट लिएर आएमा फिल्मको सम्पूर्ण लगानी गर्न तयार रहेको फिल्म सिटी नोयडा र एसियन एकाडेमी अफ फिल्म एण्ड टेलिभिजनका निर्देशक संदिप मारवाले जानकारी दिनुभयो ।
निर्देशक संदिप मारवाले नेपाल र भारतीय फिल्म इन्डष्ट्रिज मिलेर एउटा स्तरीय नेपाली फिचर फिल्म बनाउन सकिए नेपाल भारतको सम्बन्ध प्रगाड हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो नोयडा फिल्म सिटीमा ९ वटा फिल्म स्टुडियो रहेको र त्यहाँ भएका सेवा सुविधाहरु नेपाली फिल्म क्षेत्रले सस्तो र सुलभ दरमा उपभोग गर्न सक्ने छन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !