‘अधिकांश विषयमा अनौपचारीक सहमति’
https://sindhulidarpan.blogspot.com/2012/04/s_1742.html
काठमाडौं, वैशाख १२ ।
संविधान लेखनका क्रममा देखिएका विवादित विषयमा सहमति खोज्न मधेसी मोर्चासहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा सहमतिको निकास खोजिएको छ । सेना समायोजन विशेष समितिको सचिवालय नयाँवानेश्वरमा आज विहान बसेको बैठकमा राज्यको साशकीयस्वरुप, निर्वाचन प्रणाली, राज्य पुनःसंरचना, न्यायप्रणालीलगायतका विषयमा शीर्ष तहमा छलफल भएको नेताहरुले बताएका छन् ।
सहमतिको नजिक पुगिएका सबै बिवादित विषयलाई पूर्ण बैठकमा लैजाने गरी सबै विवादित विषयमा सहमति नजिक पुगिएको नेताहरुले बताएका छन् । शान्ति प्रक्रियाको मुख्य विषय सेना समायोजनमा सहमति हुन बाँकी रहेका बिविध एजेण्डामा पनि छलफल भएको नेताहरु जनाएका छन् । पुनः बस्ने शीर्ष बैठकले परारम्भिक सहमति भएका विषयलाई अनुमोदन गराउन पहल गर्ने छ । सहमति भएका विषयमा भने नेताहरुले आधिकारीक रुपमा केही बताएका छैनन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !