सडक निर्माण भएपछि खच्चड व्यवसाय सङ्कटमा ॥

शेरबहादुर भुजेल, दोलखा, मसिर८-
एउटा विकास सुविधा आउँदा अर्कोलाई प्रतिस्थापन गर्छ । ठूला ठूला आयोजना बन्दा र यसबाट ल्याउने परिवर्तनबाट धेरै त खुशी हुन्छन् तर त्यसअघि अपनाउँदै आएको व्यवसाय विस्थापन हुने भएपछि पुराना व्यवसायीहरु भने मर्कामा पर्ने गरेका छन् । माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण हुने भएपछि दोलखाको उत्तरी भेगमा सडक निर्माण भएको छ । सडकका यातायातका साधनहरुका रुपमा बस ट्रक जस्ता अन्य सवारी तथा ढुवानीका साधन आंशिक रुपमा चल्न थालेका छन् । सो सडकका यातायातका साधन चल्न थालेपछि खच्चड व्यवसाय सङकटमा पर्न थालेको छ ।
जिल्लाको उत्तरी दुर्गम गाउँहरुमा सामान ढुवानीमा प्रयोग गर्दै आएको खच्चड व्यवसाय सडक विस्तारसँग क्रमशः खुम्चदै गएको हो । िसंगटीसम्म यातायात नचल्दा दोलखा बजारदेखि नै सामान ढुवानी गर्ने खच्चड व्यवसाय माथिल्लो तामाकोसी आयोजनाको चहलपहल बढेपछि केही वर्षदेखि एक्कासी बढेको थियो । तर िसंगटीदेखि लामाबगरसम्म नै सडकको ट्रयाक खोलिसकेपछि खच्चड व्यवसायीहरु चिन्तित भएका छन् । सडक निर्माण हुँदा एकातिर स्थानीयबासीहरुलाई सदरमुकाम र बजारसम्म आवात जावत लगाएतका कामको लागि सहज भए तापनि खच्चड व्यवायीहरुलाई भने नराम्रो प्रभाव परेको व्यवसायीहरुको गनासो रहेको छ । सुरु सुरुमा सडक नपुगेकाले खच्चडमार्फत् सामान ढुवानी गरेर आफ्नो जीविकोपार्जन चलाउँदै आएका खच्चड व्यवसायी महेश आचार्य लामावगरसम्म सडकको ट्याक खुलेपछि आफ्नो व्यवसाय संकटमा परेको बताउँनु हुन्छ  । हाल िसंगटीदेखि सामान ढुवानीका लागि ११ व्यवसायीका १५० भन्दा बढी खच्चड साचालनमा रहेका छन् । िसंगटीदेखि लामाबगर गौरीशंकर खारे चङ्खू लगायतका गाउँमा खच्चडबाट सामान ढुवानी गराएपछि िसंगटीदेखि बुलुङ १ जामुनेसम्म सडकको ट्रयाक खोलेपछि बस र ट्रक त्यहाँसम्म पुग्न थालेको छ । जामुनेको पुल निर्माण पूरा नहुँदासम्म गाडि त्यहाँबाट अघि बढ्ने छैन । जामुनेसम्म यातायात चल्न थालेपछि खच्चड व्यवसायीहरुको व्यवसाय पनि िसंगटीबाट ८ किलोमिटर घटेको छ । जामुनेको पूल पूरा हुँदा खारेको मन्थलीसम्म थप ७ किलोमिटर बाटोमा यातायात चल्ने छ । हाल तामाकोसी आयोजना स्थल लामाबगरसम्म िसंगटीबाट २८।५ किलोमिटर सडकको ९० प्रतिशत सडकको ट्रयाक खुलिसकेको छ भने तामाकोसी नदीमा ४ वटा पुलको निर्माण पनि तिव्र गतिमा भइरहेको छ । 
तामाकोसी आयोजनाले िसंगटीदेखि आयोजनास्थलसम्मका बाँकी सडकको काम पनि मुख्य सिभिल ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेसनलाई नै दिएकाले सर्भेको अन्तिम चरणमा पुगेको छ । सिनो हाइड्रोले यातायात नचल्दा आयोजनाको मुख्य सिभिलको काम गर्न असर पर्ने भएकाले सडकलाई प्राथमिकता दिएर पुलको काम पूरा नभए पनि तामाकोसी नदीमा अस्थायी पुल हालेरै भए पनि छ महिनाभित्र लामाबगरसम्म गाडि लाउने सिनो हाइड्रोले जनाएको छ । सडक विस्तारसँगै खच्चड व्यवसाय खस्कने भएपछि खच्चड बेचेर अन्य पेशा रोज्नु पर्ने अवस्था आएको खच्चड व्यवसायी श्याम खड्काको गुनासो छ । 


Related

स्थानिय 738935479725427809

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item