स्थानिय श्रोतवाट आर्थिक उपार्जन गर्न गडैाली खोलामा वुधवारे हाट ॥

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_3099.html
सिन्धुली दपर्ण ,मसिर ८- कमलामाई नगरपालिका ७ गडौली खोलाको किनारमा आजवाट वुधवारे हाटवजार लागेको छ । यसै वर्ष निर्मित नवदुर्गा मन्दिर आसपासमा लागईएको हाटवजारले स्थानिय स्तरमा उत्पादन भएका गुणस्तर ताजा चिजविजलाई वजार सम्म पुर्याउन र व्यापार व्यवसाय गरेर रोजगारि समेत सृजना गर्न वुधवारे वजारको सुरुवात गरिएको श्री नवदुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उत्तर वहादुर आलेले जानकारि दिनुभएको छ । आसपासका गाउँघरवाट अनिवार्य आ-आफ्नो गाउँघरमा उपलव्ध जे जस्तो सामानहरु भएपनि वजारमा लान र वजारलाई व्यापकता वनाउन सवैलाई अनुरोध गरिएको पनि अध्यक्ष आलेले जानकारि दिनुभएको छ । वजारमा दैनिक उपभोग्य खाधान्न फलफुल तरकारि माछामासु साथै किरानाका समानहरु राखिएका छन् । त्यस्तै वजारलाई विस्तारै व्यापकता दिदै जादा आसपासका गाउँका स्थानिय वासि एवम् व्यापार व्यवसायमा सम्लग्न सवैले आर्थिक उपार्जन गर्ने एउटा राम्रो श्रोत वन्न सक्ने भएकाले वुधवारे हाटवजारलाई सवैले निरन्तरता र जोड दिनुपर्नेमा हाटवजारमा सहभागी कनपा ७ माझिटार मित्रचोक निवासि कमल जोगीले वताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !