जिल्ला कारागार सिन्धुलीमा कैदी;बन्दीहरु वस्नका लागी कोठाको अभाव ।।

लोकहरि आचार्य सिन्धुली मंसिर ७ - 
जिल्ला कारागार सिन्धुलीमा कैदी;बन्दीहरु वस्नका लागी कोठाको अभाव भएको छ । वस्नका लागी प्रयाप्त कोठा नहुदा २५ जना कैदी;बन्दी वस्नका लागी बनाइएको कारागारमा अहिले ७० जना कैदी;बन्दीहरुलाइ राखिएको छ । जिल्ला कारागार कार्यालयका प्रमुख कुलानाथ पोखरेलले कैदी;बन्दीहरु अन्य स्थानमा स्थानान्तरण गर्न नसक्दा अहिले कारागारमा क्षमता भन्दा दोव्वर बढी कैदि राख्न बाध्य भएको बताउनुभयो । 
एक ठाउबाट अर्को ठाउमा कैदी;बन्दीहरुलाई सार्ने काम नियमित रुपमा भैरहने भए पनि यस पटक लामो समय सम्म यस कार्य हुन नसक्दा कारागारमा बढी कैदी राख्न बाध्य भएको उहाँको भनाइ छ । देशका सवै कारागारहरुमा बढी नै कैदी;बन्दीहरु भएका कारण अन्य ठाउँमा लैजान नसिकिएको पनि उहाँले बताउनु भयो । उहाँका अनुसार जिल्ला कारागारमा अहिले खानेपानीको समेत समस्या रहेको छ । कारागारमा पुरुषलाई भन्दा बढी महिलाहरुलाई समस्या भएको छ । ६ जना महिलाहरु एउटा कोठामा कोचिएर बस्नु पर्ने बाध्यता रहेको छ । त्यसले गर्दा पनि उनीहरुलाई बस्न समस्या हुने गरेको कारागार प्रमुख पोखरेलले बताउनु भयो ।

Related

स्थानिय 2581783256113814215

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item