सर्लाहीमा मोटरसाईकल दुर्घटनामा मर्नेको सङ्ख्या दुई ,एक गम्भिर ॥

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_5434.html
रुपबहादुर विश्वकर्मा, विश्वनाथ ठाकुर सर्लाही मसिर ९-
पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको नेत्रगन्ज गाविस वडा नं ७ वागवानी केन्द्र नजिक विहिवार विहान दुई मोटर साईकल आपसमा ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । उपचार गर्न विरगन्जको नेशनल मेडिकल कलेजमा पुर् याउने बित्तिकै सर्लाहीको हरिवन गाविस वडा नं ६ नयाँरोडचोकका ३० वर्षका अनुप रायमाझीको बाटैमा मृत्यु भएपछि मर्नेको सङ्ख्या दुई पुगेको हो ।
यसअघि गम्भिर घाईते अवस्थामा उपचार गर्न हरिवनको नमूना अस्पताल ल्याउँदै गर्दा काठमाण्डौ निवासी २४ वर्षका मनिष सुनुवारको मृत्यु भएको थियो । गम्भिर घाईते भएका रामेछापका ३० वर्षिय दर्शेनाथ शेर्पासहित दुई जनालाई उपचार गर्न काठमाण्डौ लाने क्रममा रायमाझीको अवस्था ज्यादै गम्भिर भएपछि विरगंज लगिएको थियो । पश्चिमबाट पूर्वतर्फ जादै गरेको बा ३८ प २८९६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बा ४१ प ८३ नम्बरको मोटरसाईकल विहिवार बिहान पौने पाँच बजे नवलपुर चोकदेखि दुई किलोमिटर पूर्व वागवानी केन्द्र नजिक आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !