घरैमा सुत्केरी गराउँदा महिलाको ज्यान गयो ॥

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_2412.html
उद्धवकुमार कार्की, रामेछाप, मसिर ९
गर्भवती महिलालाई सुत्केरी गराउँन वेलैमा स्वास्थ्य संस्थामा लैजानु पर्छ भन्ने चेतना नहुदा रामेछापको पि्रती गा। वि। स।मा सुत्केरी हुन नसकेर एक जना महिलाको अकालमा ज्यान गएको छ । मूत्यु हुनेमा स्थानीय अमर श्रेष्ठकी २७ वर्षिया श्रीमती जितमाँया श्रेष्ठ रहेकी छिन् ।आफ्नै घरमा गत वुधवार राती १० बजे बच्चा जन्माएकी श्रेष्ठको सालनाल झर्न नसके पछि विहिवार विहान ३ बजे मृत्यु भएको हो । स्वास्थ्य चौकी टाढा भए पछि परिवार र स्थानीयहरुले वेलैमा स्वास्थ्य संस्थामा सुत्केरीलाई नलगेका कारण महिलाको मृत्यु भएको स्थानीय मानबहादुर खत्रीले बताउनु भयो । उनले जन्माएको बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !