सिन्धुलीमा दलका नेतादेखि सामान्य व्यक्तिहरु कुखुरापालनतर्फ आकर्षित ॥

सिन्धुली दपर्ण मसिर १० 
सिन्धुलीमा कुखुरापालन व्यवसाय फस्टाएको पढेलेखेका युवाहरु देखि सामान्य व्यक्तिहरु पनि कुखुरापालन तर्फ आर्कषित भएका हुन् कुखुराकॊ चल्ला तयार भएको ४५ दिन देखि घर मै बसि बसि राम्रो आम्दानी हुने भएपछि यो व्यवसायले धेरैलाई लोभ्याएको सिन्धुलीमा राजनैतिक दलका नेता देखि निम्न आय भएका किसानहरु पनि कुखुरा पालन तर्फ आकर्षित भएका छन् कुखुरा अण्डा बिकि्र हुन थाले पछि घर खर्च चलाउन सजिलो भएको तर बजारको राम्रो व्यवस्था नहुदाँ समस्या रहेको कमलामाई डाँडाटोलका व्यवसायी महेन्द्रदेव श्रेष्ठले बताउनु भयो  
अन्य मासु भन्दा कुखुराको मासु छिटो छरितो सजिलै तयार गर्न सकिने हुदाँ पछिल्लो समयमा यसको माग बढ्दै गएको गरे के हुदैन भन्ने उद्देश्यका साथ सिन्धुली सदरमुकाम देखि ग्रामीण भेग सम्मका किसानहरुले यो व्यवसाय अपनाएका छन् विदेशमा गइ कठोर मेहनत गर्नु भन्दा गाउँमै बसि कुखुरा पालनबाट राम्रो आम्दानी लिन सकिने कुखुरा पालन व्यवसायमा लागेका किसानहरुले बताएका छन्   ऋणमा डुवेर विदेशमा गइ ज्यानको बाजी लगाएर कडा परिश्रमका साथ पसिनासँग पैसा साट्नु भन्दा मेहनत गरि आफ्नै माटोमा मोती फलाउन सकिन्छ भन्ने उद्देश्यका साथ यो व्यवसायमा लागेको व्यवसायीहरुको भनाई

Related

स्थानिय 3991967941248667387

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item