सिन्धुलीमा वचत समुहद्धारा ७५ पशु उपहार ॥

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_8070.html
सिन्धुली दपर्ण, मसिर ११-
भोकालाई एक छाक भोजन होईन जिउने जुक्ति सिकाई सिकाऔ भन्ने नाराका साथ शनिवार कमलामाई नगरपालिका वडा नम्वर ७ वर्देउटारमा प्रथम पुस्तालाई पशु उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारिको अध्यक्षता एवम् हेफर ईन्टरनेशनलका मेनेजर डा, तिर्थ रेग्मिको प्रमुख अतिथ्यतामा हेफर ईन्टरनेशनल नेपाल दातृ सस्था र सिड्स नेपाल सिन्धुलीको सहयोगमा गोदावरि लालीगुरास सिद्धेश्वर परिवार वचत समुहको आयोगनामा भैसि र वाख्रा उपहार साटासाट कार्यक्रम गरिएको हो ।
सोहि कार्यक्रममा गोदावारि वचत समुह कनपा ६ रातमाटाले गायत्री वचत समुह कनपा ७ गडैलीलाई १३ वाख्रा १२ भैसि सिद्धेश्वर वचत समुह कनपा ७ ठुलीटारले लक्ष्मी वचत समुह कनपा ७ ठुलीटारलाई ११ भैसि ३४ वाख्रा र लालीगुरास वचत कनपा ७ वर्देउटारले कोपिला वचत समुह कनपा ७ वर्देउटारलाई १३ भैसि र १२ वाख्रा गरि कुल ३७ भैसि र ३८ वाख्रा उपहार दिएको छ ।
पशु उपहार साटासाट कार्यक्रममा एकिकृत माओवादिका हरि वस्नेत नेपाली काग्रेसका मोहन वराल माणिक ढकाल नेकपा एमालेका खड्ग खत्री एवम् जिल्लामा कि्रयाशिल विभिन्न सघंसस्थाका प्रतिनिधी एवम् पत्रकारहरुको सहभागिता रहेको थियो भने विभिन्न वचत समुहहरुका सदस्य एवम् सर्वसाधारणहरु गरि करिव ३ सय जनाको सहभागीता रहेको थियो । भैसि र वाख्रा पाएपछि सहभागीहरुले निकै नै खुसि व्यक्त गरेका छन् भने कार्यक्रममा वोल्ने वक्ताहरुले अव यो पशु उपहार पाएपछि आफ्नो भएको झै सोच्न र आर्थिक उपार्जन गर्न सुझाव र सल्लाह दिएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !