सिन्धुलीका ग्रामीण भेगमा बढी मूल्य तिरेर रिचार्ज कार्ड किन्न उपभोक्ताहरु बाध्य ॥

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_6082.html
लोकहरि आचार्य मङ्सिर ११ -
सिन्धुलीका पहाडी भेगमा ब्यापारीहरुले सिडिएम पि्रपेड मोवाईलका रिचार्ज कार्ड बढी मुल्यमा बेचिरहेको उपभोक्ताहरुले गुनासो गरेका छन् । जिल्लाका पहाडी गाविसहरुमा मोवाईलको एक सयको रिचार्ज कार्ड एक सय पाँच रुपैयाँ र दुई सयको रिचार्ज कार्डहरु २ सय १० देखि ठाउँ हेरेर २० सम्म मूल्यमा किन्नु पर्ने बाध्यता भएको उनीहरुले गुनासो गरेका हुन् ।
सिन्धुलीको बेलघारी डाँढीगुराँसे कपिलाकोट क्यानेश्वर महादेवस्थान तिनकन्या ककुरठाकुर लगायतका ग्रामिण पहाडी गाविसहरुमा व्यापारीहरुले रिचार्ज कार्डमा आफू खुशी मुल्य बृद्धि गरेका हुन् । नेपाल टेलिकमले भने लाग्ने भन्दा बढि रुपैयाँ नतिर्न आग्रह गर्दै कालो बजारी गर्ने ब्यापारीहरुलाई कानुनी कारवाही गर्ने जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !