साइवरको नशा सिन्धुली वासीमा पनि ॥

प्रमिला बुढाथोकी, सिन्धुली,न्युज फिचर,- 


कुरा च्याटैमा हे कुरा च्याटैमा भेटौला मायालु इन्टरनेटैमा, सत्यकला राइको यो गितले भनेको जस्तै साथीभाइ भेट्ने र नयाँ साथी वनाउने सजिलो माध्यम बनेको छ इमेल इन्टरनेट  सवैलाइ यो सुविधा प्रदान गर्ने गर्छ साइवरहरुले । पछिल्लो समयमा विकासका पूर्वाधारको रुपमा रहेको सन्चार क्षेत्रको पहुच बढ्दै जादा इन्टरनेट सेवाले पनि आश्रय पाउदै गएको छ । यहि साइवर सुविधाको विकासको छाया सिन्धुलीमा पनि परेको छ । सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा आजभोली साइबर धाउनेहरुको धुइरो नै लाग्ने गरेको छ । अहिले सिन्धुली सदरमुकाम भित्र आधादर्जनभन्दा बढी साइबरहरु खुलिसकेका छन् । साइवर सुविधाको विकासको सुरुवातमै ती साइबरहरुमा ग्राहकहरुको लाइन लागेको देख्न सकिन्छ ।
 शैक्षिक योग्यता भएर पनि बेरोजगार 
वसेकाहरुलाइ साइवर साचालनवाट रोजगारीको सृजना भएको छ भने सवैजनामा प्राविधिक ज्ञान प्राप्त गर्ने अवसर पनि मिलेको छ । घरमा कम्प्युटर भएपनि साइवरमा गति बढी हुनेभएकाले छोटो समयमा पनि एकै ठाउँमा बसीबसी संसारै चहार्न सकिने आफूलाई चाहिएको बेलामा जस्तोसुकै जानकारी पनि लिनसकिने र थकानको समयमा पनि तुरुन्तै मनोराजन लिन सकिने हुनाले पनि इन्टरनेट सेवाप्रति आफु आकर्षित भएको ग्लोवल कम्प्युटर सेन्टरमा इन्टरनेट सेवा लिन आएका हिरालाल पाखि्रन वताउछन  ।                                                                                             
पछिल्लो समयमा अत्याधुनिक साइबरहरु संचालन गर्न महङगो पर्ने भएपनि सामान्य प्रकृतीका साइबरहरु सानै लगानीमा संचालन गर्न सकिने भएकाले साइवर व्यवसायलाइनै रोजेको सिन्धुली ढुङग्रेवासमा रहेको वल्डिलंक साइवर जोनका संचालक जनक बुढाथोकी । उहाँ भन्नुहुन्छ मेरो साइवरमा सवै बच्चा देखि बुढा मान्छेसम्म साइवर सुविधा लिन आउछन यो देख्दा साइवर सेवा प्रति सवैको आकर्षण बढ्दो छ । उता कनपा ६ स्थित न्यु कम्युनिकेसन साइबर जोनका कर्मचारी विजय लामा भन्नुहुन्छ हाम्रो साइबरमा राती ९ वजेसम्म ग्राहकहरु हुन्छनउहाँहरुको सुविधाका लागी रातीसम्म साइवर खुल्ला राख्ने गरिएको छ । यस अर्थमा ग्राहकको संख्या बढेसंगै आर्थिक उपार्जन पनि राम्रै भएको छ । लगानीको सबै खर्च कटाएर मासिक ३० हजार सम्म आम्दानी गर्न सकिन्छ । 
साइवरको सुविधाको विकास संगै स्थानिय वासीले ठुलै सुविधा पाएको महसुस गरेका छन । परदेश गएका श्रीमानसंग कुरा गरेर निक्लेको भन्दै हर्षित मुद्रामा देखिनुहुन्थ्यो उषा अधिकारी  २ वर्ष पहिला श्रीमान विदेश जानुभएको थियो विदेश फोन गर्न महङगो परथ्यो अन्य सुविधा पनि थिएन त्यो वेला श्रीमान टाढा भएको महसुस हुन्थ्यो तर अहिले साइवरको सुविधा पाएपछि सधै १ २ घण्टा आरामले कुरा गर्न पाइएको छ । टाढा भएको महसुस नै भएको छैन उषा भन्नुहुन्छ । सिन्धुलीको परिवेशमा विदेशिने प्रवृति बढि भएकाले साइवरवाट आफुले जस्तै सुविधा अरुले पनि पाउनु भएको छ जसको श्रीमानछोरा दाजुभाइ वाहिर जानुभएको छ उषाले थप्नुभयो । प्ाहिला सीडीमए र नेपाल टेलीकमको ल्याण्डलाईन् नमस्ते तथा स्काइ मोवाइलबाट इमेल इन्टरनेट सेवा लिदैँ आएका यहाँका स्थानीयहरुले अहिले एडिएसएल वल्र्डलिङकमार्फत उच्च गतिको सेवालिने अवसर पाइसकेका छन् । मोवाइलमा गित भर्नको लागी खर्चिलो प्रकृया अपनाएका ग्राहकहरुले साइवर सुविधावाट बढीभन्दा बढी सुविधा लिएको पाइएको छ ।
 इन्टरनेट सेवाको पहुँच बृद्धि भएसँगै यहाँका विद्यार्थी कर्मचारी पत्रकार व्यापार व्यवसायी सर्वसाधारणलाई समेत काम गर्न निकै सरल भएको इन्टरनेट प्रयोगकर्ताहरु वताउँछन् । सिन्धुलीमा पछिल्लो समयमा पत्रकारिताको क्षेत्रपनि केहि वलियो भएकाले साइवरको सहयोगले पत्रकारहरुलाइ जिल्ला वाहिर समाचार पठाउन सुविधा भएको छ भन्नुहुन्छ पत्रकार महासंघ सिन्धुली शाखाका सभापति संजय दाहाल । इन्टरनेट सेवाको विस्तारले कोठाको एउटै कुनामा बसेर विश्वको कुना कुना चहारेर ज्ञान वटुल्ने अवसर त प्रदान गरेको छ संगसंगै विकृती पनि भित्रीएको छ । विभिन्न वेभसाइटहरुमा राखिएका अश्शिल तस्वीर भिडियो तथा लेखहरु सजिलै डाउनलोड गरेर मोवाइलमा राख्न सकिने र तुरुन्तै सबैतिर पठाउन सकिने हुनाले अश्लिलता ल्याउन पनि साइबरले भूमिका खेलिरहेको कतिपय साइवर प्रयोग कर्ताहरुको गुनासो छ । कतिले साइवरलाइ सहि सदुपयोग गरिरहेका छन भने कतिले गलत तरिकाले  जसले जसरी प्रयोग गरेपनि साइवरको सुविधालाइ सिन्धुलीवासीले खुलेर स्वागत गरेका छन । सिन्धुलीमा यी वाहेकका रातमाटा कम्प्यूटर एजुकेशन इन्ट्रिच्युटबिलिसा साइवर संसार एण्ड साइवर कर्नर लगाएतका आधादर्जन भन्दा बढी साइवरहरुले प्रति घण्टा २५ का दरले इन्टरनेट सेवा प्रदान गर्दै आएका छन ।

Related

स्थानिय 2370357971509753994

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item