ऐतिहाँसिक गढी क्षेत्र पुनःनिर्माण गर्न माग ॥

 मिनकुमार दाहाल  सिन्धुली मसिर १२- 

जिल्ला विकास समिती सिन्धुली र स्थानिय राजनितीक दलका नेताहरुले ऐतिहाँसीक सिन्धुली गढीको पुन निर्माणा भौतिक पुर्वाधार निर्माण गर्न पर्यटन तथा नागरिक उड्यान मन्त्री सरदिसंह भण्डारी समक्ष माग गरेका छन् । ऐतिहाँसीक सिन्धुली गढीको अवलोकन गर्न मन्त्री सदरिसंह भण्डारी सिन्धुलीको गढी आएका थिए ।  पर्यटन मन्त्री सिन्धुली गढी अवलोकन गर्न आएको मौका छोपी स्थानिय राजनितीक दलहरु तथा  जिल्ला विकास समिती सिन्धुलीले  नेपाल पर्यटन वर्ष २०११ लाई थप उर्जा प्रदान गर्न यस जिल्लाको प्रचुर सम्भावनाका क्षेत्रहरुको सम्बन्धमा जानकारी गराउनको साथै ऐतिहाँसीक गढी क्षेत्रलाई पर्यटकीय क्षेत्रको घोषणा गर्न माग गरेका थिए  । त्यसै गरी हरिहरपुर गढी सिन्धुली जिल्लाको पश्चिममा मकवानपुर जिल्लासँग सिमाना जोडिएको छ । सिम्रौनगढका प्रख्यात राजा हरिशिह देवलाई वंगालका शासक गयासुदिन तुगलकले पराजित गरेपछि हरिसिहदेव भागेर यस स्थानमा आई वसेको हुनाले यस स्थानको नाम हरिहरपुर गढी भएको हो । पछि मकवानी राजा दिगवन्धन सेन पनि गौर्खाली फौजसँग यही स्थानमा पराजित भएपछि मकवानपुर राज्य आधुनिक नेपालमा गाभिएको हो ।    
सिन्धुली जिल्लाको सदरमुकाम स्थित करिव ९०० मिटरको उचाइमा ऐतिहाँसिक एवं सांस्कृतिक महत्वको स्थान रहेको छ । यो स्थानसम्म पुग्न करिव २ घण्टको उकालो हिडनु पर्ने भएकोले यहाँ केवलकार वनाउने योजना रहेको छ । आन्तरिक तथा वाह्य पर्यटक आकर्षित गर्न केवलकारको ठूलो योगदान हुने भएकोले यसको निर्माणमा सरकारले पहल गर्नुपर्ने माग गरेका छन् ।  यसै गरी नेपाल पर्यटन वर्ष २०११ लाई सहयोग गर्न सिन्धुली जिल्लामा क्षेत्रीय महोत्सवको आयोजना हुन लागि रहेकोछ । यस महोत्सवमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सहयोग भए आन्तरिक तथा वाह्य पर्यटकको आवागमन वढने जिल्ला विकसा समितीले जनाएको छ । सिन्धुली जिल्ला आर्थिक र रणनितिक महत्वबाट १५ औं शताब्दीदेखि नै प्रख्यात स्थानको रुपमा इतिहासमा अंकित छ । इतिहासका पृष्ठहरुमा सहजै ईतिहाँसका पानाहरुमा गढीमा भएको भिषण लडाईहरु तत्कालिन शासकहरुका दरवारहरु संस्कृति र धर्मका आख्यानहरुको प्रचार प्रसार हुन सके यस जिल्लाले आन्तरिक साथै बाह्य पर्यटकहरुको मन तान्न सक्ने कुरामा मन्त्री समक्ष पेश गरीएको माग पत्रमा उल्लेख गरीएको छ । 
सिन्धुली जिल्लाको ऐतिहाँसीक गढी क्षेत्र पुननिर्माणको माग गर्दै पर्यटन मन्त्री सरदिसंह भण्डारीलाई माग पत्र वुझाउदै पुर्व सांसद शंकरनाथ शर्मा





हालमा यस ऐतिहासिक धरोहरको अवस्था नाजुक छ । किल्लाहरु स्थानीय प्रयासबाट केही हदसम्म संरक्षित भएपनि अन्य वातावरण भने दयनीय छ । दरवारको भग्नावशेष मात्र छ । राष्ट्रिय प्राथमिकताबाट ओझेलमा परेकोले यो धरोहरको अवस्था दिनानुदिन नाजुक वन्दै गइरहेको छ यस क्षेत्रको तत्काल पुन निर्माण हुनु पर्ने माग गरिएको छन्  स्थानिय राजनितीक दल तथा जिल्ला विकास समितीले ऐतिहाँसीक गढी संरक्षणको लागी गरेको पहललाई पर्यटन मन्त्रालयवाट स्वीकूत गराउने वताए पर्यटन मन्त्री सरदिसंह भण्डारीले वताउनुभयो  ।

Related

स्थानिय 5932459085857688212

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item