सिन्धुली कारागारमा कैदि बन्दिलाई बस्ने ठाँउको अभाव ॥

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_7677.html
सिन्धुली दपर्ण मङसिर १३ -
जिल्ला कारागार सिन्धुलीमा कैदी&बन्दीहरु वस्नका लागी कोठाको अभाव भएको छ । वस्नका लागी प्रयाप्त कोठा नहुदा २५ जना कैदीबन्दी वस्नका लागी बनाइएको कारागारमा अहिले ७० जना कैदी&बन्दीहरुलाइ राखिएको छ । जिल्ला कारागार कार्यालयका प्रमुख कुलानाथ पोखरेलले कैदी&बन्दीहरु अन्य स्थानमा स्थानान्तरण गर्न नसक्दा अहिले कारागारमा क्षमता भन्दा दोव्वर बढी कैदि राख्न बाध्य भएको बताउनुभयो ।
एक ठाउबाट अर्को ठाउमा कैदी&बन्दीहरुलाई सार्ने काम नियमित रुपमा भैरहने भए पनि यस पटक लामो समय सम्म यस कार्य हुन नसक्दा कारागारमा बढी कैदी राख्न बाध्य भएको उहाँको भनाइ छ ।
देशका सवै कारागारहरुमा बढी नै कैदी&बन्दीहरु भएका कारण अन्य ठाउँमा लैजान नसिकिएको पनि उहाँले बताउनु भयो । उहाँका अनुसार जिल्ला कारागारमा अहिले खानेपानीको समेत समस्या रहेको छ । कारागारमा पुरुषलाई भन्दा बढी महिलाहरुलाई समस्या भएको छ । ६ जना महिलाहरु एउटा कोठामा कोचिएर बस्नु पर्ने बाध्यता रहेको छ । त्यसले गर्दा पनि उनीहरुलाई बस्न समस्या हुने गरेको कारागार प्रमुख पोखरेलले बताउनु भयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !