जनमुक्ति सेनाका कम्पनि कमाण्डर पक्राउ ॥

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_4206.html
सिन्धुली दपर्ण सिन्धुली मङ्सिर १३ -
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले एकिकृत नेकपा माओवादी जनमुक्ति सेनाको चितवन स्थित ३ नम्वर डिभिजन स्थित शक्तिखोरका कम्पनी कमाण्डर तेजवहादुर लुङ्गेली मगरलाई प्रहरीले महिला लुटेको अभियोगमा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनमुक्ति सेनाका कम्पनी कमाण्डर लुङ्गेली मगरलाई सोमवार उनले लुटेको पैसा सहित सार्वजनिक गरेको हो ।
सिन्धुलीको लाम्पानटार गाँउ विकास समितीको लाम्पानटार घर भएका कमाण्डर लुङ्गेलीले स्याङ्गजा जिल्लाको पुतली वजार नगरपालीका-११ लाम्पाटा वस्ने वुद्धिसरा नेपालीलाई भगाएर सिन्धुली ल्याएका थिए ।
लुङ्गेलीले श्रीमति वनाउछु भनेर भगाएर सिन्धुली ल्याएको वुद्धिसरा नेपालीले वताईन । सिन्धुली वस पार्कमा राति म सँग भएको करिव ३ लाख ४० हजार वोके पछि पिसाव गरेर आउछु भनेर लुङ्गेली भागे पछि प्रहरी कार्यालयमा उजुरी गरेको नेपालीले वताईन् ।
वुद्धिसागर नेपालीको उजुरीको आधारमा प्रहरीले जन सेनाका कमाण्डरलाई उनकै घरवाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ज्ञानकुमार महत्तोले वताए । महिलासँग लुटेको १ लाख पचास हजार रुपयाँ लङ्गेलीको साथवाट प्रहरीले वरामद गरेको प्रहरी निरिक्षक महत्तोले वताए ।
जनमुक्ति सेनाका कम्पनी कमाण्डर तेजवहादुर लुङ्गेली वुद्धिमाया नेपालीलाई श्रीमती वनाउछु भनेर घर ल्याएको स्वीकार गर्दे भने उनीसँग भएको तिन लाख चालिस हजार मैले लगेको हो । दुइ दिन भित्र उनलाई नै वुझाउने वताए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !