सिन्धुलीमा ९७ जना अपराधिक कि्रयाकलाप गरि फरार ।

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_3750.html
सिन्धुली दपर्ण मंसिर १४ -
सिन्धुलीमा अपराध गरि फरार रहेकाहरुको संख्या बढ्दै गएको छ । हाल सम्म सिन्धुलीमा ९७ जना अपराधिक कि्रयाकलाप गरि फरार रहेकाहरुको बताइएको छ । गत सोमवार जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो । त्यस्तै विभिन्न सजायमा जरिवान गरिएकाहरु वाट १ सय ९७ जना बाट २९ लाख ५८ हजार ८ सय १७ रुपैया असुली गर्न बाँकी पत्रकार सम्मेलनमा बताइएको छ । यस्ता कि्रयाकलाप गर्नेहरु धेरै कर्तव्य ज्यान सजाय सम्बन्धी अपराध गरेका रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले बताउनु भयो ।
अपराधिक कि्रयाकलाप गरि फरार रहेको त्यस्ता व्यक्तिहरुलाई पक्रन प्रहरीले निर्देशन समेत दिएको प्रजिअ भण्डारीले बताउनु भयो । त्यस्तै गाउँ गाउँमा हुने विभिन्न किसिमका जात्रा मेला लगायतमा जुवा तास जाँड रक्सी लगायतका अवैध कि्रयाकलापमा रोक लगाएको पनि प्रजिअ भण्डारीले बताउनु भएको छ । त्यस्ता कि्रयाकलापमा संलग्न हुने र संचालन गर्नेलाई कानूनी कार्वाही गरिने भएको छ । त्यस्ता मेला जात्राहरुमा मादक पदार्थ बेचविखन जुवा तास खेल्न खेलाउन समेत रोक लगाएको पत्रकार सम्मेलनमा प्रजिअ भण्डारीले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले सिन्धुलीका विभिन्न अपराधिक कि्रयाकलापमा संलग्न ८१ जनाको प्रोफाइल समेत तयार पारेको छ । प्रहरीले अपराध नियन्त्रणका लागि विशेष सुरक्षा अभियान समेत चलाएको प्रजिअ भण्डारीले बताउनु भयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !