नामावली संकलन कार्य पुनं सुचारु भएपछि जलेश्वर बासी उत्साहित ॥

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_1843.html
सुरेश बिडारी, महोत्तरी ,मङ्सिर १५-
फोटोसहितको मताता नामावली संकलन कार्य पुनं सुचारु भएपछि महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालीकाका स्थानीय बासिन्दाहरु उत्साहित भएका छन् । जिल्ला निर्वाचन कार्यलय महोत्तरीले नगरपालिकामा रोकिएको मतदाता नामावली संकलन कार्य आइतबार देखि सुचारु गरेको हो । यसरी नामावली संकलन कार्य पुनं सुचारु गरेपछि नगरका बासिन्दाहरु आफ्नो नाम दर्ता गर्न र फोटो खिचाउने कार्यमा उत्साहित भएका हुन् । नगरपालिकाको वडा नं ८ देदि १३ सम्मको बस्तीका लागि दोस्रो चरणमा पाँचदिन अघिदेखि सुरु गरिएको मतदाता नामावली संकलन कार्यमा स्थानीय बासिन्दाहरुले निकै चासो दिइरहेको नामावली संकलक महेश कुमार दासले बताउनुभयो ।
पहिलो चरण अन्र्तगत नगरको १ देखि ७ नं वडा सम्मको संकलन भइसकेकोले बाँकी ६ वटा वडाको नामावली संकलनको कार्य भैरहेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख रामनारायन राउतले बताउनुभयो । पछिल्लो पटक मतदाता नामावली संकलन कार्यमा नगरस्थित राजनीतिक दलले राम्रो समन्वय र सहयोग गरेका कारण संकलन कार्य छिट्टै सम्पन हुने कार्यालय प्रमुख राउतको विश्वास थियो । यसअघि मधेशवादी दलहरुको विरोधका कारण नामावली संकलन कार्य स्थिगित भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !