सिन्धुलीको महादेवस्थान पाचकन्या प्रावीद्धारा विद्यार्थीहरुलाई पोशाक वितरण

लोकहरि आचार्य सिन्धुली मंसिर १६-
सिन्धुलीको महादेवस्थान ३ खन्जनीमा रहेको पाचकन्या प्राथमिक विद्यालयले विहिवार छात्रवृत्ति वापतको रकम वाट विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । विद्यालयले यस वर्षको छात्रवृत्ति रकमबाट पोशाक खरिद गरि विद्यार्थीहरुलाई वितरण गरेको हो ।
विद्यालयले एक कार्यक्रमको आयोजना गरि पोशाक वितरण गरेको हो । जिल्ला शिक्षा अधिकारी मनकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका ५० जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान थिङको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी मनकाजी श्रेष्ठले पिछडिएको विद्यालयको लागि जिल्ला शिक्षा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान थिङले ६ बुदे माग पत्र जिल्ला शिक्षा अधिकारी मनकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक बुद्धिलाल श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा एकिकृत नेकपा माओवादीका भीमवहादुर श्रेष्ठ नेकपा एकिकृतका सार्कीमान बम्जन कपिलाकोट श्रोत केन्द्रका श्रोत व्यक्ति अच्यूत दाहाल आदीवासी जनजाति जिल्ला समन्वय समितिका उपाध्यक्ष विवश वाइवा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Related

स्थानिय 3858853153312382753

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item