तरकारी उत्पादनमा गौरीमुदी गाविस जिल्लाकै नमुना ॥

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_5597.html
दोलखा ३
शेरबहादुर भुजेल
दोलखाको गैरीमुदी गाविस वडा नम्बर ७ का किसानहरुले व्यावसायिक रुपमा तरकारी उत्पादन गर्न थालेपछि जिल्ला भू-संरक्षण कार्यालय दोलखाले थप सहयोग गर्ने भएको छ । महिला कृषि एकता सहकारी संस्थाले गत वर्ष जिल्ला भू-संरक्षण कार्यालयबाट दुईलाख ५० हजार सहयोग गरेपछि सुरु गरेको तरकारी खेतीबाट किसानहरुले ५ लाख ३४ हजार आम्दानी लिन सफल भएपछि जिल्ला भू-संरक्षण कार्यालयले यो वर्ष पनि सहयोग गर्ने निर्णय गरेको कार्यालयका प्रमुख शेरबहादुर श्रेष्ठले बताउनुभयो ।
तरकारी उत्पादनका दृष्टिले गौरीमुदी गाविसको पुतलीकाठ महिला एकता सहकारी संस्था दोलखाकै नमूना भएको पनि जिल्ला भू-संरक्षण कार्यालयले जनाएको छ । साथै जिल्ला भू-संरक्षण कार्यालय सदरमुकाम चरिकोटमा जिल्लामा उत्पादन हुने तरकारी संकलन केन्द्र स्थापना गर्ने तयारीमा समेत जुटेको छ । कार्यालयले गौरीमुदी गाविसमा तरकारी खेतीको लागि ६ वटा टनेल हासस र ६ वटा करेसाबारी पोखरी निर्माण गरिदिएको छ भने आवश्यक उपकरण औषधीको पनि सहयोग गरेको कार्यालयले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !