सर्लाहीमा सुकुम्बासीहरुको वस्तीमा आगो लगाएको आरोप पाचजना विरुद्ध उजुरि ।

http://sindhulidarpan.blogspot.com/2010/11/blog-post_9805.html
सर्लाही ३
सर्लाहीको ढंुग्रेखोला गाविस वडा नं। १ स्थित नयाँबस्तीका सुकुम्बासीहरुले आफूहरुको वस्तीमा आगजनी गरेको भन्दै स्थानीय ५ जना विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । सुकुम्बासीहरुले शुक्रवार हरिवनस्थित ईलाका प्रहरी कार्यालयमा स्थानीय महेश रायमाझी राजु श्रेष्ठ विदुर रायमाझी सुब्बा श्रेष्ठ र सुदिप भुजेल विरुद्ध उजुरी दिएका हुन् । मध्यराती १२ बजे उनीहरुले टलक बहादुर थापा रविन थापा गंगामाया बलम्पाकीको घरमा आगो लगाएर ध्वस्त पारेको स्थानीय ईन्द्र लामाले दावी गर्नुभयॊ । तर आरोपित राजु श्रेष्ठले आफुहरुलाई फसाउने नियतले गलत उजुरी दिएकोले यस्तो आरोपको अर्थ नभएको प्रतिकि्रया दिएका छन । साँझ उल्लेखित पाँचै जना वस्तीमा आएर झगडा गरेको र मध्य राती तीन वटा घर जलेको भए पनि घर जलाएको प्रत्यक्ष देख्ने भने कोही पनि नभएको सबैले स्वीकार गरेका छन् । उजुरीको आधारमा महेश रायमाझीलाई हिजै राती पक्राउ गरेपनि अहिले छलफलका लागि वस्ती क्षेत्रमा जान दिइएको प्रहरी निरिक्षक कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो । निरिक्षक शर्माले घटनाबारे गम्भिर अनुसन्धान भईरहेको बताउनु भएको छ । सुकुम्बासीमाथि अन्याय भएको भन्दै राष्टिय भूमि अधिकार माच सर्लाहीका अध्यक्ष गम्भिर िसंह पाख्रीनले आपत्ति जनाउनु भयो । माचकै सकि्रयतामा गत वर्ष त्यस ठाउँमा ८४ घरधुरी सुकुम्बासीहरुको बस्ती बसाईएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !