शिक्षा समितिको खारेजीको माग गदै जिल्ला शिक्षा कार्यलय सिन्धुलीमा तालावन्दि

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_1139.html
सिन्धुली दपर्ण मंसिर २१ -
सिन्धुलीमा कि्रयाशिल साना सात दलहरुले मङ्गलवार शिक्षा समिती खारेजिको माग राख्दै जिल्ला शिक्षा कार्यालयमा तालावन्दि गरेका छन् । तीन दलीय सहमतिमा केही दिन अघि गठन भएको जिल्ला शिक्षा समिति शिक्षा ऐन नियमावली विपरीत भएको भन्दै उनीहरुले खारेजीको माग गरेका छन् ।
उनीहरुले शिक्षा ऐन नियमावली विपरीत एकिकृत नेकपा माओवादी नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना कार्यकर्ता शिक्षा समितिमा भर्ती गरेको आरोप समेत लगाएका छन् । साना सात दलहरु नेकपा एकिकृत नेकपा माले नेकपा माक्स्रवादी राप्रपा संघीय लोकतान्त्रिक राष्ट्रिय माच र नेकपा संयुक्त माक्स्रवादीका नेता तथा कार्यकर्ताहरुले जिल्ला शिक्षा कार्यालय सिन्धुलीमा सोमवार विहान १० बजे देखि ४ बजे सम्म धर्ना दिएका थिए । मङ्गलवार विहान ९ वजे जिल्ला शिक्षा कार्यलयमा तालावन्दि गरिएको र माग पुरा नभएसम्म कुनै हालतमा कार्यलयको कामकाज गर्न नदिने र धर्ना पनि जारि रहने नेकपा एकिकृत सिन्धुलीका सचिवालय सदस्य बालकृष्ण थापाले बताउनु भयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !