रेडक्रस सिन्धुली द्धारा ३ दिने निःशुल्क आँखा शिविर

लोकहरि आचार्य मसिर  २० -

नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको आयोजनामा सोमवारवाट देखि सिन्धुलीको शितलपाटीमा निःशुल्क आँखा अप्रेशन शिविर सुरु भएको छ । शिविरको कार्यक्रमका प्रमुख अतिथि एवं सभासद् कल्पना सुवेदीले सोमवार एक समारोहका विच उद्घाटन गर्नु भयो । सोमवार १ सय ८६ जनाको आँखाको जाँच गरिएकोमा ४५ जनाको मोतिविन्दुको अप्रेशन गरिएको छ । ३ दिन सम्म चल्ने शिविरमा सामान्य आँखाका विरामीहरुलाई समेत निःशुल्क औषधी वितरण समेत गरिएको छ । शिविरमा जानकी आँखा अस्पतालका डा। मनोज िसंहको नेतृत्वमा ९ सदस्यीय प्राविधिकहरुले अप्रेशन गर्नुका साथै आँखाको जाँच गरेका छन् । 


नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठको सभापतित्वमा भएको शिविर उद्घाटन कार्यक्रममा एकिकृत नेकपा माओवादीकी दिपा वोहोरा नेकपा एमालेका लक्ष्मीप्रसाद तिम_िल्सना दीर्धप्रदिप उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण उप्रेती जानकी आँखा अस्पतालका कार्यक्रम संयोजक रुदलप्रसाद साह लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाइटी सितलपाटी उपशाखाको व्यवस्थापनमा भएको शिविर उद्घाटन कार्यक्रममा उपशाखाका सभापति शंकर उप्रेतीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Related

स्थानिय 3033542271673428123

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item