राष्ट्रिय वाणिज्य वैक सिन्धुलीमा टोकन प्रणाली हट्यो

सिन्धुली दर्पण मंसिर २०-

राष्ट्रिय वाणिज्य वैंक सिन्धुलीले सोमवारवाट ग्राहकहरुको लागी पैसा झिक्न वितरण गरिने टोकन प्रणाली खारेज गरेको छ । ग्राकहरुलाई छिटो छरितो तरिकाले सेवा उपलव्ध गराउन वाणिज्य वैंकले टोकन प्रणाली खारेजी गरेको वैंकका प्रवन्धक फौदवहादुर सुनुवारले वताउनु भयो । अव वाणिज्य वैंक वाट पैसा निकाल्न ग्राहकले टोकन लिन कुर्नु नपर्ने पनि उहाँले बताउनु भएको छ । सिधै चेक दिएर भुक्तानी पाउने व्यवस्था गरिएको प्रवन्धक सुनुवारले बताउनु भयो । 
सिन्धुली वाणिज्य बैकमा खाता संचालन गर्ने खातावालाले अव देखी नेपाल भरिको जुन सुकै वाणिज्य वैंकवाट  भुक्तानी लिन सक्ने नेटवकिङ्ग भएको पनि प्रवन्धक सुनुवारले जानकारी दिनु भएको छ ।
जिल्लामा भएका वैकहरुमध्ये सवैभन्दा आर्थिक वढी कारोवार हुने वैक भएकाले पनि सर्वसाधारणले अनिवार्य टोकन लिएरमात्र पैसा निकाल्न पाउने हुदा सेवाग्राहिले निकै नै सास्ती भोग्नु परिरहेको थियो । 

Related

स्थानिय 6786475336535297800

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item