ग्रामिण सडक निर्माणसँगै सिन्धुलीमाढीमा व्यापारिक गतिविधि प्रभावित

लोकहरि आचार्य मंसिर २१ -

ग्रामिण सडक निर्माणसँगै गाउँ गाउँमा मोटर पुगेर व्यापारिक केन्द्रहरु बन्न थालेपछि अहिले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा व्यापारिक गतिविधि प्रभावित बन्दै गएको छ । गएको वर्ष सम्म सामान किनमेलका लागि गाउँ गाउँबाट सदरमुकाम आउने गाउँलेहरु अहिले गाउँ गाउँमा व्यापारिक केन्द्रबाट सुविधा लिदै आएका छन् ।
सामान्य किनमेलका लागि घण्टौ समय खर्चेर सदरमुकाम आउने गाउँलेहरु अहिले यातयात मार्फत् घरदैलोमा नै सेवा लिन थालेपछि सिन्धुलीमाढीमा सर्वसाधारणको आवतजावत पातलिनु सँगै व्यवसाय समेत प्रभावित बनेको हो । सिन्धुलीको झण्डै दर्जन भन्दा बढी गाविसका बासिन्दाहरुले छिमेकी जिल्ला उदयपुर सर्लाही महोत्तरी लगायतका जिल्लाका बजार केन्द्रबाट सुविधा लिदै आएका छन् भने दैनिक उपभोग्य सामग्री खरिदका लागि सिन्धुलीमाढी धाउने केही गाविसका बासिन्दाहरु अहिले घरदैलेामा नै होलसेल डेलिभरी सेवाको लतमा फसिसकेका छन् । गाँउ गाउँमा सडक बिस्तार सगै गाउमा नै आवश्यक सामानहरु उपलव्ध हुन थालेपछि सदरमुकाम सिन्धुलीमाढीको व्यापार व्यवसायहरु प्रभावित बनेको हो ।

Related

स्थानिय 4844366520710410988

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item