जिल्ला शिक्षा कार्यालय सिन्धुलीमा लगाएको ताला प्रहरी द्वारा फोरियो

लोकहरि आचार्य मसिर २१ -

सिन्धुलीमा कि्रयाशिल साना सात दलहरुले मङ्गलवार  शिक्षा समिती विघटन गर्न माग राख्दै जिल्ला शिक्षा कार्यालय सिन्धुलीमा तालाबन्दी गरेका छन् । तीन दलीय सहमतिमा केही दिन अघि गठन भएको जिल्ला शिक्षा समिति शिक्षा ऐन नियमावली विपरीत भएको भन्दै उनीहरुले खारेजीको माग  गरेका थिए । तालाबन्दीका कारण शिक्षा कार्यालय सिन्धुलीको कामकाज प्रभावित भएको छ । 
उनीहरुले शिक्षा ऐन नियमावली विपरीत एकिकृत नेकपा माओवादी नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना कार्यकर्ता शिक्षा समितिमा भर्ती गरेको आरोप समेत लगाएका छन् । साना सात दलहरु नेकपा एकिकृत नेकपा माले नेकपा माक्स्रवादी राप्रपा संघीय लोकतान्त्रिक राष्ट्रिय माच र नेकपा संयुक्त माक्स्रवादीका नेता तथा कार्यकर्ताहरुले मङ्गलवार विहान ९ बजे जिल्ला शिक्षा कार्यालय सिन्धुलीको मूल गेटमा ताला लगाइदिएका हुन् । साना सात दलहरुले विहान ताला लगाइदिए पनि दिउँसो प्रहरीले ताला फोरि दिएको छ । दुई दिन सम्म आफ्ना माग पूरा गराउन साना सात दलहरुले जिल्ला शिक्षा कार्यालयमा धर्ना समेत दिएका थिए ।

Related

स्थानिय 4601006830983786760

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item