महिला भएकै कारण पत्रकारिता क्षेत्रमा आफुमाथि हिसा भएको सिन्धुलीका महिला पत्रकारहरुको भनाइ

प्रमिला बुढाथोकी, सिन्धुली ,मंसिर १९- 
महिला भएकै कारण पत्रकारिता क्षेत्रमा आफुमाथि हिसा भएको सिन्धुलीका महिला पत्रकारहरुले गुनासो गरेका छन ।

महिला हिसा विरुद्धको १६ दिने अभियान चलिरहदा कि्रयाशिल पत्रकार महिला -WWJ­_   सिन्धुलीले सिन्धुलीमाढीमा शनिवार आयोजना गरेको मिडियामा महिला विषयक अन्तरकि्रया कार्यक्रममा सिन्धुलीका महिला पत्रकारहरुले उक्त कुरा वताएका हुन । जिल्लामा कि्रयाशिल महिला पत्रकारहरु संमिलित उक्त संस्थाले गरेको अन्तरकि्रया कार्यक्रममा पत्रकारिताका क्षेत्रमा काम गर्दा महिला भएका कारण आफुहरु  हिसामा परेको वताएका हुन । 
संस्थाकी अध्यक्ष बिमला पाण्डेको अध्यक्षता एबम् सिन्धुलीका वरिष्ठ पत्रकार शेषराज दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी महिला पत्रकारहरुले समाजले हेर्ने दृटिकोणवाट मात्र हैन आफ्नै सहकर्मिहरुवाट पनि हिसा सहनुपरेको खुलास गरेका थिए । उनिहरुले महिला भएकै कारण आफुले गरेको कामको पनि सहि मुल्याङन नभएको गुनासो समेत गरेका थिए । महिला भएकै कारण पत्रकारिता क्षेत्रमा आफुले पाएको अवसरलाइ समेत सहकर्मिले खोस्ने गरेको गुनासो महिला पत्रकारहरुले गरेका थिए ।
संचारको क्षेत्रमा कि्रयाशिल महिला पत्रकारमाथि हुने हिसाको सवालमा काम गर्ने यस संस्थाको मुख्य उदेश्य भएपनि अन्य महिलाहरुको समस्यालाइ सन्चारको माध्यमवाट वाहिर ल्याउने काम गर्ने समेत अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।


Related

स्थानिय 2455002835294207098

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item