बजेट कार्यान्वयन हुन थालिसकेको अर्थमन्त्री पाण्डेको भनाई

लोकहरि आचार्य सिन्धुली मसिर १९ 
एकिकृत नेकपा माओवादीको विरोधको बाबजुद पनि सरकारले ल्याएको बजेट कार्यान्वयन हुन थालिसकेको अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताउनु भएको छ ।
बजेट ल्याउन मात्रै गाह्रो तर ल्याए पछि कार्यान्वयन गर्न सजिलो हुने समेत मन्त्रीपाण्डेले बताउनु भयो । आईतवार सिन्धुलीका संचारकर्मीहरु सँग कुरा गर्दै मन्त्री पाण्डेले बजेट कार्यान्वयनका लागि सरकारले बहुमत जुटाइरहनु पर्ने आवश्यकता नरहेको पनि बताउनु भयो । 



अर्थ मन्त्रि सुरेन्द्र पाण्डे आईतवार सिन्धुली जिल्लाका विभिन्न कार्यलय प्रमुखहरुसगँ भेट्नुहुदै ॥

आईतवार विहान जिल्ला प्रशासन कार्यालयमा विभिन्न राजनैतिक दलहरुले अर्थमन्त्री पाण्डेलाइ संयुक्त रुपमा ५ बुँदे माग पत्र बुझाएका छन् । त्यस्तै विहान एमाले पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा अर्थमन्त्री पाण्डेलाई नेकपा एमाले सिन्धुलीले ९ बुँदे माग पत्र पेश गरेको थियो । 
नेकपा एमालेले अर्थमन्त्री पाण्डे समक्ष चतरा हेटौडा वैकल्पिक मार्गको निर्माणमा उचित रकमको व्यवस्था गरिनुका साथै कमला नदी र वागमती नदीमा पुल निर्माणको माग  गरेको छ । त्यस्तै सिन्धुलीगढी र हरिहरपुरगढीको उचित संरक्षण गरिनु पर्ने नदी नियन्त्रणको उचित व्यवस्था गरिनु पर्ने सिन्धुली जिल्ला उज्यालो कार्यक्रमको लागि बजेट विनियोजन गरिनु पर्ने ग्वाङ खोलाले एमाले पार्टी कार्यालय लगायत माढीबजार कटान गरेकाले ग्वाङ खोला नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन गरिनु लगायतका मागहरु एमालेले अर्थमन्त्री पाण्डे समक्ष पेश गरेको थियो । त्यस्तै अर्थमन्त्री पाण्डे समक्ष सिन्धुली उद्योग वाणिज्य संघले समेत माग पत्र पेश गरेको छ । मन्त्री पाण्डेले आईतवार सिन्धुलीगढीको निरीक्षण गर्दै काठमाडौ फर्किनु भएको छ । 

Related

स्थानिय 7490568109821622477

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item