भूमि अधिकारका लागि गरिएको पदयात्रा सकिदै

सुरेश बिडारी महोत्तरी मसिर २०-
सिन्धुली,महोत्तरी,धनुषा लगायतका जिल्लामा १४ गतेबाट भूमि अधिकार माचले सुरु गरेको जिल्ला स्तरीय पदयात्रा सोमवार आज सकिदै छ । सोमवार जिल्लाका सदरमुकाममा रहेका सुकुम्बासी आयोगको कार्यलयमा तालाबन्दी र कोणसभा गरी यात्रा समापन गर्ने माचले जनाएको छ  । भूमिहिन सुकुम्वासीहरुको हक अधिकारलाई नयाँ बन्ने संविधानमा सुनिश्चित गराउन दवाव दिने उद्देश्यले पदयात्रा गरिएको भूमिअधिकार माच जिल्ला कार्य समिति महोत्तरीका अध्यक्ष फौद िसंह स्याङवाले जानकारी दिनुभयो । 
भूमि अधिकार माच स्रोत केन्द्र ६ महोत्तरीका अनुसार १४ गते बाट  आठ जिल्लामा एकैसाथ सुरु गरिएको पदयात्रा बारामा हिजै सम्पन्न भइसकेको सर्लाहीमा भोली समापन गरिने र बाँकी ६ जिल्लामा सोमवार जिल्लामा रहेको सुकुम्बासी आयोगको कार्यालयमा गएर तालाबन्दी गरेपछि समाप्त हुनेछ । यसैबीच भूमि अधिकार माच महोत्तरीको आयोजनामा महोत्तरीको बर्दिबासबाट निकालिएको पदयात्रा आज जलेश्वर पुगेको छ । पदयात्रा हाथिलेट गौशाला भरतपुर बेलगाक्षी हुँदै जलेश्वर पुगेको हो  । ४० जनाको टोली ठाँउ ठाँउमा कोणसभा र चेतनामुलक अन्र्तकि्रया गर्दै जलेश्वर पुगेकॊ भूमि अधिकार माच महोत्तरीले जनाएको छ । 

Related

स्थानिय 6112128168266295248

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item