सिन्धुलीमा मध्यामांचल क्षेत्रिय महोत्सव हुने




सिन्धुली दपर्ण मंसिर २०-निर्माणाधिन केवलकार लाई लक्षित गर्दै सिन्धुली उद्योग वाणिज्य संघले मध्यामांचल क्षेत्रिय महोत्सवको आयोजना गर्ने भएको छ । संघको २० औ साधारण सभाले महोत्सव गर्ने निर्णय गरेको हो । सिन्धुलीलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउनुका साथै आर्थिक सामाजिक व्यवसायिक रुपमा परिचित गराउने उद्देश्यले महोत्सव को आयोजना गर्न लागिएको सिन्धुली उद्योग वाणिज्य संघले बताएको छ । यहि मसिर १४ गते बसेको सर्वदलिय सर्वपक्षिय बैठकले माघ मसान्त भित्रमा महोत्सव गर्ने निर्णय गरेको छ । त्यस्तै महोत्सवको आयोजना गर्नका लागि सिन्धुली उद्योग वाणिज्य संघको नेतृत्वमा जिल्ला विकास समिति कमलामाई नगरपालिका र उद्योग वाणिज्य महासंघ मुल आयोजक रहेको समिति समेत गठन गरिएको छ । यस अघि २०६४ साल पौष २४ गते पहिलो सिन्धुली महोत्सव भएको थियो ।

Related

स्थानिय 8356153133230909444

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item