अस्पतालको सहयोगार्थ आयोजित महायज्ञको पहिलो दिने २२ लाख भन्दा वढि सङ्कलन

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_1973.html
सिन्धुली दपर्ण, पुस ५ -
हेटौडा अस्पतालको भौतिक पूर्वाधार विकास तथा स्तारोन्नततिका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञको पहिलो दिन हिजो साढे २२ लाख रुपियाँ भन्दा बढी आर्थिक सहयोग सङ्कलन भएको छ । हेटौँडाको हुप्रचौरमा साचालन भईरहेको महायज्ञमा जिल्ला स्वस्थ्य कार्यालयका कर्मचारीहरुवाट १० लाख रुपैँया सहयोग प्राप्त भएको छ । यसैगरी हेटौडा नगरपालिका कार्यालयले १० लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ ।
अस्पतालको विकासका लागि छोरा सुमन घिमिरेको स्मिृतमा ऋषिराम घिमिरेवाट २५ हजार आदर्श टोल विकास सस्ंथावाट २५ हजार गोविन्दमान श्रेष्ठवाट २५ हजार र वसामाडीका उद्धवप्रसाद अधिकारले २५ हजारँ सहयोग प्रदान गर्नु भएको महायज्ञ प्रचारप्रसार समितिका संयोजक राममणि दाहालले बताउनुभयो । ज्ञानमहायज्ञमा वाचन प्रविण पण्डित दीनबन्धु पाखरेलले कथावाचन गरिरहनु भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !