दोलखाका किसानहरु व्यवसायिक तरकारी खेतीमा लागे

शेरबहादुर भुजेल, दोलखा, पुस ५ -
तरकारी खेतीलाई प्रोत्साहन गर्न सरकारी तथा गैरसरकारी निकायहरु कि्रयाशील हुन थाले पछि दोलखामा अधिकांश गाउँका किसानहरु तरकारी खेतितर्फ आकर्षित हुन थालेका छन् । अहिले उनीहरु मकै कोदो गहुँ जस्ता परम्परागत खाद्य बालीको साटो व्यवसायिक तरकारी खेती गरी आम्दानी गर्न थालेका हुन् । दोलखाका किसानहरु तरकारी तथा मसला बालीबाट अहिले राम्रो आम्दानी गर्न थालेका छन् । 
जिल्लाको नाम्दु गाविसका पार्वती मिजारले तरकारी बेचेर चार महिनाको अवधिमा ३० हजार आम्दानी गरेको बताउनुभयो । ग्रामीण विकास टुकी संघले लिबर्ड सँगको सहकार्यमा घर बगैंचा कार्यक्रम सुरु गरेपछि नाम्दु गाउँमा तरकारी खेती सुरु भएको हो । जिल्लाकै लापिलाङ गाविस ७ का निरमाया थामीले पनि गाउँमै गरेको तरकारी खेतीबाट आम्दानी लिन थाल्नु भएको छ । अदुवा बेसार खुसा्रनी जस्ता मसला बाली र काउली गोलभेडा आफ्नै घरमा गाउँलेहरु किन्न आउने गरेको बताउँदै थामीलॆ तरकारी सदरमुकाम चरिकोटसम्म पुर् याएर बेचेंको छु भन्नुभयो ।  विभिन्न संघ संस्थाले किसानहरुलाई समूहमा आवद्ध गराई आधुनिक तरकारी खेती गोठे मल सुधार कम्पोष्ट मल व्यवस्थापन मुत्र संकलन र डाले घाँस भुईघाँस कार्यक्रमहरु साचालन गरेपछि उनीहरु तरकारी उत्पादनमा लागेका हुन । 

Related

स्थानिय 8901693137046383274

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item