एक अधवैशेको शव भेटियो

सुरेश बिडारी,  महोत्तरी,  पुस १३ -

महोत्तरीको बर्दिबासमा मङ्गलवार एक अधवैशेको शव फेला परेको छ । बर्दिबास ८ मा रहेको गोठमा स्थानीय गोरे रानाको ४१ बर्षिय छोरा टेकबहादुर राना मृत अवस्थामा फेला परेका हुन् । बिहान ८ बजेतिर गोठमा मृत अवस्थामा राना फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । रानाको श्रीमती केहिदिन देखि माईतमा रहेको र छोरा पनि घरमा नरहेको बुझीएको छ । रानाको शव पोष्टमार्टमका लागि जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरिक्षक लाल गोविद्यन श्रेष्ठले जानकारी दिनुभयो । रानाको हत्या भएको हो वा आत्महत्या गरेको पोष्टमार्टम पछि मात्र खुल्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । यसैबीच महोत्तरीको बर्दिबासमा भारतिय नम्बर प्लेटको जिपले ठक्कर दिएर एक गर्भवति महिलालाई घाइते बनाएको छ । जिपको ठक्करबाट पाँचथर रानीगाँउ घर भइ हाल बर्दिबास ७ मा बस्दै आउनुभएकी २१ बर्षिय सपना लोहरा घाइते हुनुभएको हो । सपनालाई पूर्वपश्चिम लोकमार्ग अन्र्तगत बर्दिबासमा पूर्वबाट पश्चिम गैरहेको एच के ०१ टी ४६२२ नम्बरको जिपले ठक्कर दिएको थियो । ठक्कर दिने जिप र चालक प्हरीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक लोकबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

Related

विचाररसाहित्य 326825261133747257

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item