ब्राह्मण समुदायका युवाहरु बँगुर पालन व्यवसाय तर्फ अकर्षित

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_3192.html
प्रकश सुन्दास, काभ्रे,पुस १३ -
सिन्धुपाल्चोक जिल्लाको पुूल्पिङडाँडा गाविस िवंजेलका ब्राह्मण समुदायका युवाहरु बँगुर पालन व्यवसाय तर्फ आकर्षित हुन थालेका छन् । समाजमा ब्राह्मण समुदायका मानिसले बँगुर पाल्न नहुने र मासु समेत खाननहुने परम्परा भएपनि विाजेलका शान्तिका नेपाल केशव प्रसाद तिम_िल्सना र ढक बहादुर सुवेदीले संयुक्त रुपमा गाउँमै बँगुर पालन व्यवसाय सुरु गरेर उदाहरणिय बन्नु भएको छ । तीन जनाले १;१ ओटा बँगुर पाल्न सुरु गरेर १ वर्षको बीचमा ३० ओटा बँगुर उत्पादन गरिसकेको ढकबहादुर सुवेदीले बताउनुभयो ।
सुरुमा बुढापाकाहरुले बाहुनभएर बँगुर पाल्ने भनेर आपुूहरुलाई गालि र छिछिदुदुरको व्यवहार गरेपनि अहिले उनीहरुको व्यवसायको सिको गर्न युवाहरु आउने गरेका छन् । ३ वर्ष सम्म मलेसिया बसेर आएका नेपाल र तिम_िल्सना अव विदेश नगएर स्वदेशमै व्यवसाय गरेर बस्ने बताउनुहुन्छ । अधिकांश युवाहरु खाडी देशमा गइ पसिना बगाउनु भन्दा रोजगारको खोजी गरेर स्वदेशमै बस्न समेत उनीहरको सल्लाह छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !