भाडादर निर्धारण गरिएपनि लागु नभएको सर्वसाधारणको सुनासो

लोकहरि आचार्य सिन्धुली मसिर १५ -
सिन्धुलीबाट चल्ने सवारी साधनहरुको भाडादर निर्धारण गरिए पनि त्यो लागू नभएको सर्वसाधारणले गुनासो गरेका छन् । गत वुधवार जिल्ला यातायात व्यवस्था समितिको बैठकले सिन्धुलीका विभिन्न भागहरुमा चल्ने यातायातका साधनहरुको भाडादर तोकेको थियो । 
तर यातायात व्यवसायीहरुले पुरानै भाडादर लिने गरेको सर्वसाधारणको गुनासो छ । सर्वपक्षिय सर्वदलिय बैठकले प्रतिकिलोमिटर पक्की बाटोमा १ रुपैयाँ ७६ पैसा र कच्चीमा २ रुपैयाँ ३५ पैसाका दरले भाडादर निर्धारण गरेको थियो । त्यस्तै बैठकले कच्ची बाटोमा विद्यार्थीहरुलाई ३० प्रतिशत छुट दिने सहमति गरेको थियो । तर यातायात व्यवसायीहरुले भने पुरानै भाडादर असुल्दै आएका छन् ।
सिन्धुलीको मरिण क्षेत्रमा संचालन भएका यातायातका साधनहरुले पनि पुरानै भाडादर लिने गरेको मरिन स्थाई निवासि सहकर्मी बासु मैनालीले बताएका छन् ।

Related

स्थानिय 178929050039521793

1 commentDefault Comments

  1. I became happy to read this news in the blog. Hope to get more news about sindhuli in the future. Thanks to the creator of this blog.

    ReplyDelete

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item