महोत्तरी र सर्लाहीका किसानहरु उखुको उचित मुल्य निर्धारणको माग गर्दे आन्दोलनमा

 सुरेश बिडारी, महोत्तरी, पुस ११ -

महोत्तरीका उखु किसानहरुले पनि उखुको मूल्य निर्धारणको माग गर्दे आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । आन्दोलनका कार्यक्रम आन्र्तगत आईतवार उनीहरुले आफ्नो आन्दोलनका बरेमा जिल्ला प्रशासन कार्यलयमा जानकारी गराउने भएका छन् । उखु किसान संघ महोत्तरीका अध्यक्ष नरेश िसंह कुशवाहको अध्यक्षतामा बसेको किसानहरुको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । उनीहरुले सोमवार १२ गते व्यापक पैचार प्रसार  र कोण सभा गर्ने १३ गते राम नगरमा रहेको एभरेष्ट चिनी मिलमा तालाबन्दी गर्ने कार्यक्रम रहेको छ ।

 त्यस्तै १४ गते पूर्व पश्चिम राजमार्ग अन्र्तगत गौशाला चोकमा मध्यान्न १२ बजेदेखि १ बजेसम्म एक घण्टा चक्का जाम गर्ने १५ गते प्रचार प्रसार गर्ने कार्यक्रम तय भएको छ । १६ गते आम उखु किसानहरु भेला भई उखुको लाक्रा सहित जुलुस गर्ने तथा चिनी मिल अगाडी वृहत आमसभा गर्ने भएका छन् । यी आन्दोलनका कार्यक्रम भइसक्दा पनि किसानहरुको माग प्रति सरकार गम्भिर नभएको खण्डमा १८ गते किसानहरुले िसंहदरबार घेराउ गर्ने कार्यक्रम राखिएको किसान संघ महोत्तरीले जनाएको छ ।  सर्लाहीका उखु किसानहरुले दोस्रो चरणको कार्यक्रम अन्र्तगत हरिवन स्थित इन्दु शंकर चिनी उद्योग अगाडी २ घण्टा चक्काजाम गर्ने भएका छन् । आन्दोलनका कार्यक्रम सोमवार थाल ठटाउने जुलुस निकाल्ने र १३ गते उखु जलाउने कार्यक्रम रहेको उखु उत्पादक संघर्ष समितिले जनाएको छ ।

Related

स्थानिय 1831782088038789052

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item