दस जोड दुइ संचालित बिद्यालयहरुमा कम शैक्षिक योग्यताका शिक्षकहरु भएको खुलाशा

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_4203.html
सिन्धुली दपर्ण,पुस १६
जिल्लाका अधिकांश दस जोड दुइ संचालित बिद्यालयहरुमा कम शैक्षिक योग्यता भएका शिक्षकहरुले अध्यापन गराउने गरेको तथ्य खुलेको छ । एक गैरसरकारी संस्थाले गरेको सर्बेक्षेणबाट यस्तो तथ्य खुलेको हो । उच्च माध्यमिक शिक्षा परिषदले उच्च माध्यमिक बिद्यालयमा अध्यापन गराऊन अनिबार्य रुपमा स्नातकोत्तर उतिर्ण गरेको हुनुपर्ने प्राबधान तोकेको छ। तर बिद्यालयहरुले परिषदको नियमलाई उल्लङ्घन गरेको तथ्यांकले देखाएको छ।
असल शासन क्लब जिल्ला समन्वयन समिति सिन्धुलीले गरेको सर्वेक्षणले यस्तो देखाएको हो। जिल्ला सदरमुकाम देखि ग्रामिण भेग सम्मका दस जोड दुइ संचालित बिद्यालयहरुमा यस्ता शिक्षकहरु रहेको सर्वेक्षणले देखाएको छ। सदरमुकामका केहि नाम चलेका दस जोड दुइ संचालित बिद्यालयहरुमा समेत कम शैक्षिक योग्यता भएका शिक्षकहरु रहेको संस्थाले जनाएको छ। यस्ता शिक्षकहरुका कारण पठन पाठन प्रभाबकारी नभएको संस्थाले उल्लेख गरेको छ ।
सम्बन्धित निकायको प्रभावकारी अनुगमन नहुदा यस्ता कार्यले बढुवा पाएको हो। परिषदले दस जोड दुइ कक्षा संचालन अनुमति दिदा नै स्नातकोत्तर तह उतिर्ण शिक्षकहरुको प्रमाण पत्र मागे पनि बिद्यालयहरुले गैरशिक्षकका प्रमाण पत्र पेश गर्ने गरेको पाईएको छ। सर्वेक्षण अनुसार विद्यालयले परिषदमा पेश गरेका प्रमाण पत्रका शिक्षकहरु बिद्यालयका शिक्षक नभएर अन्य पेशामा अबद्दा भएका व्यक्तिहरु रहेको देखिएको छ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !