गौशाला प्रहरीद्धारा मोष्ट वान्टेड प्रक्राउ

सुरेश बिडारी,महोत्तरी,पुस १७ - 

महोत्तरीको सुन्दरपुरबाट प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । मिसंर नौ गते सुन्दरपुर ३ मगरथानाको गोलीकाण्डमा संलग्न सुन्दरपुर १ का २० वर्षिय सरोज यादवलाई आफ्नै घरबाट पक्राउ गरेको हो । प्रक्राउ परेका यादवलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्वामा थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक बासुदेव पाठकले जानकारी दिनुभयो ।
यादव हतियार लिएर धम्काउने कार्यमा पटकपटक सलंग्न रहेको पनि प्रहरीले जनाएको छ । यसैबीच इलाका प्रहरी कार्यालय गौशालाले हिजो गौशालामा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालय नजिकै गाँजा खाँदै गरेको ६ जना गजडियाहरुलाई नियन्त्रणमा लिएको छ ।

Related

स्थानिय 5269060088545781340

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item