एक महिला मृत अवस्थामा फेला

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_273.html
सिन्धुली दपर्ण,पुस १७ -
सिन्धुलीको मझुवा ८ चालिसेमा एक महिला मृत अवस्थामा फेला परेकी छिन । शुक्रवार मध्यान्ह १२ बजे दाउरा काट्न जंगल गएकी १८ वर्षिय रेणुका लामा गोले साझ ८ बजे मृत अवस्थामा फेला परेकी हुन । लामा साझ सम्म पनि घर नफर्केपछि खोज्न जाने क्रममा मतानवास जंगलमा उनको शव मृत अवस्थामा फेला परेको स्थानिय उषा ग्लानले जानकारी दिनुभयो ।
उनको शरिरको पछाडीपट्टी बन्चरो प्रहार गरेको चोट रहेको र लगाएको गहना लुटिएको अवस्थामा उनको शव फेला परेको पारिवारिक श्रोतले जानकारी दिएको छ । घटनाको वारेमा थप अनुसन्धान गर्न प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जनक भट्टराइले बताउनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !