जिल्ला छाड्ने स्थानीय विकास अधिकारी माथि कारवाही गरिने ः स्थानीय विकास सचिव ज्ञवाली

  सिन्धुली दपर्ण,पुस १७ -

स्थानीय विकास सचिव कृष्ण ज्ञवालीले अनुचित रुपमा जिल्ला छाड्ने स्थानीय विकास अधिकारीलाई कारवाही गर्ने बताउनु भएको छ । योजना अनुगमनको सिलसिलामा सिन्धुली आइपुग्नु भएका सचिव ज्ञवालीले आज सिन्धुलीमाढीमा भएको कार्यक्रममा यस्तो बताउनु भएको हो ।

 मन्त्रालयमा स्थानीय विकास अधिकारीहरु जिल्ला कम बस्ने गुनासो आएकाले मन्त्रालयको स्विकृती विना  जिल्लामा छाड्नेहरुलाई कारवाही हुने सचिव ज्ञवालीले बताउनु भएको हो । बजेट सक्ने नाममा सडक खन्ने भन्दै जथाभावी खन्ने काम भएकाले अव देखि प्राविधिक स्टमेट विनाको काममा भुक्तानी नदिने सचिव ज्ञवालीले चेतावनी दिनु भयो । जिल्ला परिषद्ले पास गरेको बाहेकका योजना भनसुनको भरमा आउन नदिने भन्दै सचिव ज्ञवालीले भासद्हरुले दवाव दिने गरेको र कहिलेकाही नगरि नहुने  योजनाका लागि स्थानिय विकास अधिकारी मार्फत कागज मिलाउन लगाएर काम गर्ने गरेको खुलासा समेत गर्नु भयो ।

 देशभरका गाविसमा अझै सात सय पचास सचिवको दरवन्दी खाली रहेको भन्दै सचिवज्ञवालीले पुस मसान्त सम्म पाँच सय गाविस सचिवहरु पूर्ति हुने बताउनु भयो । उहाँले गाविस सचिवहरुको लागि विशेष सुरक्षा योजनाको अभिन्न अंग स्थानीय निकायका कर्मचारीलाई बनाउनु पर्ने सुझाव समेत दिनु भयो । सिन्धुलीमा संचालित त्रिपल आरको ठेक्कामा लाखौ अनियमिता भएकोले तत्काल छानविन गरि दोषीलाई कारवाही गर्न सचिव ज्ञवाली सँग राजनीतिक दलका स्थानीय नेताहरुले माग गरेका थिए ।

Related

स्थानिय 4328890678967189675

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item