जनकपुरको एक होटलमा युवतिको शव भेटियो हत्यारा सिन्धुलीको भएको होटलको भनाई

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_4792.html
सिन्धुली दपर्ण, पुस १८ -
जनकपुरको चर्चित होटल मानकी ईन्टरनेशनलमा शनिवार एक युवतिको शव भेटिएको छ । होटलका कर्मचारिको अनुसार गहुगोरो वर्णकि अन्दाजी २५ वर्षकी ति युवतीको शव होटलको कोठा नम्वर ३१२ मा देखिएपछि होटलका कर्मचारिले प्रहरिलाई जानकारि गराएका थिए ।
सिन्धुली कमलामाई नगरपालीका वडा नम्वर ९ ठेगाना र सरोज रिजाल नाम उल्लेख गरिएको होटल कर्मचारिका अनुसार २ दिनअघि सोहि कोठामा वस्दै आएका थिए । अर्धनग्न अवस्थामा भेटिएको शवको अनुहार नचिन्योस् भनेर ति युवकले व्लेडले पुरै अनुहार काटेको प्रहरिले जनाएको छ ।
अनुसन्धानमा संलग्न प्रहरि निरिक्षक हरि खड्काको अनुसार युवतिको घाटी थिचि हत्या गरेको र युवक परार रहेको अनुमान रहेको छ । होटलको साचो समेत नभेटिएकोले हत्याराले नै साचो लगेको होटलका कर्मचारिले जानकारि दिएका छन् । फरार अभियुक्तको खोजी कार्य सुरु गरिसकिएको उपरिक्षक जगदिश पोखरेलले जानकारि दिनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !