सूर्या लाइफ इन्स्योरेन्सद्धारा दुई विधाथीलाई छात्रवृत्ति वितरण

सिन्धुली दपर्ण, मसिर २६ -
सूर्या लाइफ इन्स्योरेन्स प्रालिले शनिवार सिन्धुलीका दुई जना विद्यार्थीहरुलाई तीन हजारका दरले छात्रावृत्ति रकम प्रदान गरेको छ । सिन्धुलीमाढीमा एक कार्यक्रमको आयोजना गरि सूर्या लाइफ इन्स्योरेन्सले छात्रावृत्ति रकम प्रदान गर्नुका साथै उत्कृष्ट अभिकर्ता पुनर्ताजकी कार्यक्रम पनि सम्पन्न गरेको छ ।  
सिन्धुलीमा काम गरिरहेका अभिकर्ताहरुलाई अझ सकि्रय बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन् । प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीको प्रमुख  आतिथ्यतमा भएको कार्यक्रमा जनजोती  उच्च मावि फोस्रेटारमा कक्षा ९ मा अध्ययरत छात्रा शान्ता तामाङ र सरस्वती मावि हिलेपानी साखाजोर १ भिमस्थानका कक्षा ९ अध्ययनरत निल बहादुर बुर्जा मगरलाई तीन हजारका दरले छात्रावृत्ति रकम प्रदान गरिएको हो । कार्यक्रममा इन्स्योरेन्समा धॆरै अभिकर्ता बनाएको भन्दै उत्कृष्ट पाँच  जनालाई अभिनन्दन समेत गरिएको थियो । 
कार्यक्रममा गम्भीरिसंह तमाङ इन्द्र बहादुर भुजेल सीता लो मुन्नाकुमार बोम्जन र लक्ष्मी श्रेष्ठलाई्र अभिनन्दन गरिएको छ ।  सुर्या लाईफ इन्स्योरेन्सका महाप्रवन्धक शेखर बरालको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीसरस्वती माविका प्रधानाध्यापक। गणेशहरि आचार्य लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । 

Related

स्थानिय 2825546537330188636

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item