विपी राजमार्गको भविष्य खतरामा

लोकहरि आचार्य,मंसिर २६ -
सिन्धुली हुदै काठमाण्डौ जोड्ने निर्माणधिन विपी राजमार्ग अन्र्तगत सिन्धुलीमाढी देखि खुर्कोट सडक खण्डको दुइ ठूला पहिरो नियन्त्रण गर्न नसक्दा राजमार्गको भविष्य खतरामा परेको छ । राजमार्ग अन्र्तगत ढुङ्ग्रेभाज्याङ र खनियाखर्क नजिकैको पहिरो नियन्त्रणमा नआउँदा राजमार्गको भविष्य खतरामा परेको हो । 

ढुङग्रेभाज्याङ सडकको दाँया बाँया दुवैतिर रहेको पहिरोले त्यस क्षेत्रको एक किलोमिटर तान्न थालिसकेको स्थानीय बासिन्दाहरुले बताएका छन् । यसैगरी खनियाँखर्कमा पनि जापान सरकारले नेपाल सरकारलाई सडक हस्तान्तरण गरेको एक वर्ष पनि नबित्दै गएको पहिरोको रोकथाम हुन नसकेको स्थानीय बासिन्दाहरुले बताएका छन् । पहिरो गए पछि तिन वर्ष पहिले देखि खतरा क्षेत्र लेखि अस्थाई सडक निर्माण गरी यातायात संचालन गरिने गरिएको छ । अस्थाई सडक बनाएर सवारी चलाउने गरेको भए पनि हालसम्म पहिरो रोकथाम हुन नसकेकॊ हरिबाबु गजुरेलले बताउनुभयो । नेपाल सरकारले गरेको प्रयास असफल भएकोले पहिरो रोकथामका लागि जापान सरकारलाई्र नै काम सुम्पन पर्ने्र गजुरेलको भनाइ थियो ।  

Related

स्थानिय 960089905900653884

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item