दुइ महिनामा ३० विगाहमा लगाइएको अबैध गाँजाखेति नष्ट

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_5539.html
सुरेश बिडारी, महोत्तरी,पुस १५ -
महोत्तरी जिल्लामा प्रहरीले दुइ महिने अभियानका क्रममा ३० विगाहमा लगाइएको अबैध गाँजाखेति नष्ट गरेको छ । गत कार्तिक १७ गते थालिएको गाँजा नष्ट गर्ने अभियान अन्र्तगत ३० विगाह जमिनमा लगाइएको गाँजाखेति नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ । जिल्लाको भटौलिया कोल्हुवावगिया अनकार अजम्मरपट्टि डाम्हीमडही महादेवपट्टी र इलखोरी गाविसका विभिन्न स्थानमा पटक पटक गरी सो परिमाणको गाँजाखेति नष्ट गरिएको प्रहरीले जनाएको छ ।
गाँजा नष्ट गर्नेकाम मात्र नभएर उनीहरुलाई चेतना पनि दिने काम गरिएकोले जिल्लामा पहिलो पटक गरिएको यस्तो अभियान सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक साजयराज शर्माले जानकारी दिनुभयो । आफूहरुले उनीहरुलाई मौसम अनुसारको बाली लगाउदा अवैध गाँजाखेति भन्दा फाइदाजनक भएको बुझाउने प्रयास गरिएको उहाँको भनाइ थियो । विभिन्न कृषि क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरु र जिल्ला कृषि विकास कार्यलयले त्यस्ता किसानहरुलाई अन्य विकल्पको व्यवस्था गर्नुपर्ने शर्माले बताउनुभयो । गाँजाखेतिका लागि नाम कहलिएको महोत्तरी जिल्ल्ााका विभिन्न स्थानामा गरी सय विगाह जमिनमा गाँजाखेति गरिने गरिएको बताइन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !