१० दिनभित्र राजिनामा दिन गाविस सचिवलाई चेतावानी

सिन्धुली दर्पण, पुस १४ -

संयुक्त तल्लो किराँत कोईचवान राष्ट्रिय मोर्चा नेपालले सिन्धुलीमा कार्यरत सचिवहरुलाई दश दिन भित्र राजिनामा दिन चेतावनी दिएको छ । संयुक्त वल्लो किरात कोइचवान राज्य अन्तर्गत रहि गाविस सचिवहरुले काम कारवाही अगाडी बढाउनुपर्ने भएकोले सम्वन्धित निकायमा राजीनामा दिइ सहयोग गरिदिन हुलाक मार्फत गाविस सचिवहरुलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।  
त्यहि योजना अनुरुप संघिय राज्यको व्यवस्थामा आदिवासीहरुको पहिलो भुमिमा संयुक्त वल्लो किरात कोइचवान राष्ट्रिय मोर्चाले जनताको सरकार जनताको सत्ता र जनताको सेना विकास गरि रहेकोले संयुक्त वल्लो किरात कोइच वान राज्य सत्ताको रक्षा र विकास गर्नको निम्ति हालको एकात्मक ब्रामणवादी राज्य सत्ताका पात्रले प्रस्ताव गरेको तथाकथित सुनकोशी प्रदेश खारेज घोषणा गरिएको सो संगठनका अध्यक्ष भुमि कोइचद्धारा हस्ताक्षरि पत्रमा लेखीएको छ । 
हालको संविधान सभाका राज्य पुनसंरचनाको खाकामा प्रस्तावित राज्य हरुमध्य सुनकोशी नामको प्रदेश साचार माध्यममा ल्याएर हजारौ वर्ष त्यस क्षेत्रमा वसोवास गरिरहेको उत्पीडित माथि थप अन्याय अत्याचार र गम्भिर अपराध भएको यस क्षेत्रका आदिवासीहरुले अनुभव गरिरहेका छन । त्यस कारण त्यसका विरुद्ध प्रतिरोध आन्दोलन यहाका उत्पिडित जनसमुदायको क्रान्तिकारी संगठन संयूक्त वल्लो किरात कोइचवान राष्ट्रिय मोर्चाले सुरुवात गरिसकेको पत्रमा उल्लेख गरेको छ । अन्यथा हाम्रो संगठनले हाम्रो राज्य विरोधि अपराधी ठहर गरि जस्तो सुकै चुनौतिको सामना गरि प्रतिरोध स्वरुप जवाफी कारवाही गर्न सम्वन्धित हाम्रा संगठन मातहत निर्देशन जारी गरिएको छ । जारि धम्कीपत्रपाएपछि गाविस सचिव हक हित सरक्षण माचले भने गाउँ परिषद सकाएर मात्रै छलफलपछि राजिनामा दिने मनस्थितीमा पुगेको गाविस सचिव हकहित संरक्षण माचले जनाएको छ । 

Related

स्थानिय 1230021699059725705

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item