दोलखाका विभिन्न गाविसले निर्देशिका पालना गरेनन्

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_7255.html
शेरबहादुर भुजेल, दोलखा, पुस १४
दोलखाका विभिन्न गाविसहरुमा प्राप्त भएको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम वापतको थप अनुदान रकम निर्देशिका विपरित खर्च भएको पाइएको छ । असल शासन परियोजना दोलखाले जिल्लाका विभिन्न गाविसमा आयोजना गरेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट साचालित योजनाको गुणस्तर सम्बन्धि छलफल कार्यक्रममा तथ्य सार्वजनिक भएको हो । असल शासन कार्यक्रममले जिल्लाको लामीडाँडा झ्याँकु पवटी भिरकोट र मालु गाविसमा आयोजना गरेका छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले स्थानीय गाविसहरुमा वजेट कम भएको र माग वढी आउँने भएकाले निर्देशिका पालना गर्न नसकिएको स्वीकार गरेका थिए ।
मालु गाविसमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्र्तगतको बजेट दलित जनजाति र महिलाका लागि विनियोजन नगरी स्वास्थ्य केन्द्रको भवन मर्मतमा खर्च गरिएको छ भने पवटी गाविसमा वडा स्तरमा दामसाहीले भागवण्डा गरिएको थियो । त्यस्तै भिरकोट गाविसमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्र्तगत साचालित योजनाको लागि छुट्टै उपभोक्ता समिति गठन नगरी रकम खर्च गरिएको पाइएको थियो ।
त्यस्तै लामीडाँडा गाविसमा जिल्ला तहबाट जाने प्राविधिकहरुले उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरुलाई अनावश्यक रुपमा दुःख दिने गरेकाले निर्देशिका पालना गर्न नसकिएको स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले गुनासो गरेका थिए । विकास निर्माणको साथै स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको प्रभावकारी ढंगले साचालन हुन नसक्नुमा जिल्ला विकास समिति र गाविसहरुको साथै प्राविधिकहरुको पनि कमजोरी भएको स्थानीय सरोकारवालाहरुले बताएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !